काँग्रेसका प्रभावसाली नेता केरुङ केन्द्रिय सदस्यमा उम्मेद्वारी दिदै

  नयाँ बुलन्द  132 पटक हेरिएको

 

इलाम : नेपाली काँग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले पार्टीको १४ औँ महाधिबेशनमा केन्द्रिय सदस्यको उम्मेद्धारी दिने घोषणा गरेका छन् ।

पाँचथर काँग्रेसको दुई कार्यकाल सभापति भएर काम गरिसकेका केरुङले आदिवासि जनजाति कोटाबाट केन्द्रिय सदस्यमा उम्मेद्धारी दिने घोषणा गरेका हुन् ।

केरुङलाई सांगठनिक र बैचारिक हिसाबमा अब्बल नेताको रुपमा चिन्निछ । पार्टीभित्र विद्वत् र प्रष्ट बत्ताको छबि बनाएका केरुङलाई कुसल संगठकको रुपमा चिनिन्छ ।

गृहजिल्ला पाँचथरमा उम्मेद्धारी घोषणा गरेर केरुङ सोमबारदेखि देश दौडाहामा निस्किएका हुन् । ‘अब देशभरका नेता र महाधिबेशन प्रतिनिधिहरुसँग सम्पर्कमा रहने कोशिस गर्नेछु,’ केरुङले भने ‘मेरो उम्मेद्धारी समय सुहाउदो नेतृत्व प्रदान गर्नका लागि हो ।’
पार्टीको संगठन निर्माण, लोकतन्त्रको सुदृढिकरण र कार्यकर्ता परिचालनका लागि अहम भूमिका खेल्नका लागि आफ्नो उम्मेद्धारी रहेको उनको तर्क छ । ‘अग्रजहरुको सम्मान र नयाँ पुस्तालाई प्रोत्साहनका लागि पनि मेरो उम्मेद्धारी हो,’ उनी भन्छन् ‘पार्टीको संगठन निर्माण, अभिलेखिकरण तथा राजनैतिक सैद्धान्तिक बहसका लागि हामी अग्रसर हुनेछौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार