माओवादी केन्द्र फाकफोकथुम अध्यक्षमा वान्तवा

  नयाँ बुलन्द  319 पटक हेरिएको

इलाम: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) फाकफोकथुम गाउँपालिका प्रथम सम्मेलनबाट केवि वान्तवा राईको अध्यक्षमा ४५ सदस्यीय समिति निर्वाचित भएका छन् ।

उपाध्यक्ष लक्ष्मण घतानी,केदारनाथ खनाल र अरुण दर्लामी, सचिवमा प्रकाश राई,सहसचिव हेमकर्ण निरौला र कोषाध्यक्षमा बिष्णुमाया थापा निर्वाचित भएका छन् ।

५१ सदस्यीय रहने कार्य समितिका ६ जना सदस्य बैठकबाट मनोनित गरिने भएको छ । लालविर राईको संयोजकत्वमा ११ सदस्यीय पालिका सल्लाहकार समिति गठन भएको ।

सचिवमा धनजित राई रहेका छन् । गोविन्द लामिछानेको नेतृत्वमा ११ सदस्यीय जेष्ठ कम्युनिष्ट मञ्च गठन भएको छ ।सचिवमा लेखध्वज बोहोरा चयन भएका छन् ।
पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश साँसद धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको अध्यक्ष बान्तवाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार