कांग्रेस सभापति खड्काले दिए मतदातालाई धन्यवाद

पार्टी भवन बनाउन १ करोड रुपैयाँ सहयोग

  नयाँ बुलन्द
623 Shares

इलाम : नेपाली कांग्रेस इलामका नवनिर्वाचित सभापति डम्बर खड्काले मतदातालाई धन्यवाद दिएका छन । खड्काले आज पत्रकार सम्मेलन गरि आफुलाई जिल्ला सभापतिमा निर्वाचित गराउने क्षेत्रियप्रतिनिधि लगायत पाटीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएका हुन । उनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी भवन बनाउन १ करोड रुपैयाँ सहयोगको घोषणा समेत गरेका छन् ।

आईतवार इलाममा पत्रकारहरु संगको कुराकानिमा सभापति खड्काले आफ्ना स्वर्गीय बाबु धनबहादुर खड्का र आमा मनमाया खड्काको नाममा पार्टी कार्यालय बनाउन १ करोड दिने घोषणा गरेका हुन् ।

यस्तै पार्टी कार्यालय निर्माणकै लागि सांसद एवं केन्द्रीय सदस्य सुजाता परियारले ५ लाख रुपैयाँ दिने घोषणा गरेकी छन् भने इलाम नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठले २ लाख दिने घोषणा गरेका छन् ।

पार्टी सभापतिको शपथ लिएकै दिन खड्काको पहलमा पार्टी कार्यालय भवन बनाउन सहयोग रकम संकलन हुन लागेको हो । सभापति खड्काले भवन निर्माणको कार्य सोमबारबाटै सुरू गर्ने घोषणा गरेका छन् ।

समाजसेवा गरेर इलामेली जनताको मनमा बस्न सफल भएका खड्का अब राजनीतिमा पनि सबैको मनमा बस्ने अभियानमा अघि बढेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार