भोजपुरको कावा खोला पक्की पुल निर्माणकै क्रममा ढल्यो

  नयाँ बुलन्द  126 पटक हेरिएको

 

इलाम :भोजपुरको कावा खोलामा पाँच करोड बढीको लागतमा निर्माण भईरहेको पक्की पुल शनिवार ढलेको छ ।

हतुवागढी गाउँपालिका वडा नम्बर २ रानीबास र रामप्रसादराई गाउँपालिका वडा नम्बर ५ मानेभञ्याङ जोड्ने स्थानमा स्वीस सरकारको आर्थिक सहयोगमा पुल निर्माण थालिएको हो ।
पुल ४५ मिटर लम्वाई, ६ मिटर चौडाई र १ दशमलब २० मिटरको दुवै तिर पैदल हिड्न मिल्ने गरि बनाउन लागिएको छ । पुलको डिजाइन अवधी ८० वर्षको र पुल भूकम्प प्रतिरोधी हुने प्राविधकले बताएको भएपनि पुल निर्माणको क्रममा ढलेको छ ।

भोजपुरलाई उत्तर– दक्षिण जोड्ने लक्ष्यका साथ कावा खोलामा पुल निर्माण शुरु भएपछि स्थानीयमा उत्साह थपिएको थियो । तर पुल निर्माण कै चरण ढलेपछि स्थानीय निराश बनेका छन् ।

यस सडक खण्डलाई भोजपुरको उत्तर–दक्षिण जोड्दै संखुवासभाको किमाथाङ्कासम्म कालोपत्रे गर्ने लक्ष्यले सडक विस्तारको तयारी थालिएको थियो । पुल निर्माण भएपछि सदरमुकामबाट दक्षिण हुँदै तराईका जिल्लामा सहज पहुँच हुनेमा स्थानीयको आशावादी छन् ।
यो भोजपुरलाई तराई जिल्लासंग जोड्ने सवैभन्दा छोटो सडक मार्ग पनि हो ।

यहाँ प्रदेश सरकारको पूर्ण लागतमा आठ ओटा र प्रदेश सरकारको पहल तथा स्वीस सरकारको अनुदान सहयोगमा दुई ओटा गरी १० ओटा पुल निर्माण भईरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । कतिपय पुल निर्माणको अन्तिम चरणमा रहेका छन् ।
पुल भत्किएको विषयमा छानबिन गर्न काठमाण्डौबाट विज्ञ टोली आउने पूर्वाधार विकास कार्यालय भोजपुुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार