जनसेवा समाज पाँचथरद्वारा विद्यार्थीलाई सामाग्री वितरण

  नयाँ बुलन्द
196 Shares

 

पाँचथर : जनसेवा समाज पाँचथरले कुम्मायक गाउँपालिकाका ५६ जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ ।
वडा नम्बर ५ स्थित गुहेश्वरी निम्न माध्यमिक विद्यालय यासोकमा १ कक्षादेखि ८ सम्म अध्ययनरत विद्यार्थीलाई शनिवार उक्त सामाग्री प्रदान गरेको विद्यालयका प्रधानध्यापक भक्त बहादुर तामाङले जानकारी दिए ।
आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीलाई जाडाेको समयलाई मध्यनजर गर्दै न्यानो लत्ताकपडा र पठनपाठनमा सहयोग होस् भन्ने उदेश्यले वितरण गरिएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए ।
समाजको अगुवाईमा विभिन्न दातबाट संकलन गरिएको ३० हजार रुपैयाँबाट सामाग्री खरिद गरि विद्यार्थीलाई हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष देविमाया रिमाल (बुढाथोकी) ले जानकारी दिइन् । सो रकम सिभिल बैंक फिदिम शाखाका प्रमुख राजु पौड्यालले र जिल्ला अस्पताल पाँचथरका हेल्थ असिस्टेन सोमनाथ दंङ्गालले प्रति व्यक्ति १० हजार रुपैयाँ, फिदिम नगरपालिका वडा नम्बर १ घर भइ हाल मलेसियामा कार्यरत कुमार ओझा र सापकोटा पुस्तक पसलका संचालक नुम सापकोटाले प्रति व्यक्ति पाँच हजार रुपैयाँ गरि जम्मा ३० हजार रुपैयाँ उपलब्ध गराएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद चेम्जोङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको प्रमुख आतिथ्यमा सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ । कार्यक्रममा पालिकाका प्रशासकिय अधिकृत गणेश अधिकारी,अभिभावक ,शिक्षक,समाजसेवी लगायतको उपस्थिति रहेकोे थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार