कांग्रेस इलाम : मतगणना नसिकदैं सभापतिमा डम्बरबहादुर खड्का विजयी

  नयाँ बुलन्द
280 Shares

इलाम : नेपाली काङ्ग्रेस इलामको सभापतिमा डम्बरबहादुर खड्का विजयी भएका छन् । मतगणना नसिकदैं खड्का सभापतिमा विजयी भएका हुन् ।

१ हजार ६ सय मत गन्दा सभापतिका उम्मेदवार डम्बरबहादुर खड्काले ८ सय ७० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिष्पर्धी भेषराज आचार्यले ७ सय २० मत मात्र पाएका छन् । अब १ सय ३२ मत गन्न बाँकी छ ।

 एक हजार सात सय ९५ मतदाता रहेकोमा एक हजार सात सय ३२ मत खसेको थियो ।  खसेको मतमध्ये खड्काले पाएको मत यो ५१ प्रतिशत भन्दा बढी हो ।

खड्का सस्थापन पक्षमा उम्मेदवार हुन् भने आचार्य संस्थापनइतरका हुन् । खड्कालाई संस्थापनइतरका वर्तमान जिल्ला सभापति हिमालय कर्माचार्य र सस्थापन पक्षकापूर्व सभापति केशव थापाको समेत सहयोग थियो ।

हेर्नुस् पदाधिकारीको मतपरिणाम :
सभापति :
१. डम्बरबहादुर खड्का : ८७० मत
२. भेषराज आचार्य : ७२० मत
उपसभापति :
१. केदार थापा : ७०० मत
२. खगेन्द्र देवान : ७९६ मत
३. विष्णुकुमारी लिम्बू दहाल :  ७१८ मत
४. होमप्रदाद दुलाल : ६५५ मत
सचिव :
१. निरोज खड्की : ७२१ मत
२. पूर्णप्रसाद गौतम : ७६७ मत
३. विष्णु हेमकुमार कार्की : ६७५ मत
४. हुकुमलाल थेबे : ६५६ मत
सहसचिव :
१. चक्र एक्तेन (अभिषेक) : ६०८ मत
२. डालाकुमारी कार्की : ७९८ मत
३. देवेन्द्रकुमार सुवेदी : ७२१ मत
४. प्रविना राई : ५८१ मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार