पत्रकार तोयानाथ भट्टराईको घरमा आगलागी

  नयाँ बुलन्द
441 Shares

फिक्कलः  इलामका पत्रकार तोयानाथ भट्टराईको घरमा आगलागी भएको छ  । जिल्लाको सूर्योदय नगरपालिका वडा नं ११ माघे घर भएका भट्टराईको भान्साघर र गाईबस्तु बाँधिएको पालिमा आगलागी भएको हो ।   सूर्योदय नगरपालिकाको दमकल,सशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानियको सकृयतामा करिब डेढ घण्टामा आगो नियन्त्रणमा आएको संचारकर्मी लोकेश भट्टराईले जानकारी दिएका छन् । आगोलागीबाट मानविय तथा पशुचौपायको क्षति हुन नपाएको र क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको उनले बताए । आगजनीको कारण खुल्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार