कांग्रेस इलाम : सभापतिमा खड्काको अग्रता कायमै (हेर्नुहोस् कसको मत कति?)

  नयाँ बुलन्द  456 पटक हेरिएको

इलाम : नेपाली काङ्ग्रेस इलामको मतगणनाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार सभापतिका उम्मेदवार डम्बरबहादुर खड्काले ११६ मतको अग्रता बनाएका छन् ।  १२ सय मतगणना गर्दा खड्काले ६ सय ५३मत प्राप्त गरेका छन्  । उनका प्रतिष्पर्धी भेषराज आचार्यले ५ सय ३७ मत मात्र पाएका छन् ।

खड्का सस्थापन पक्षमा उम्मेदवार हुन् भने आचार्य सस्थापनइतरका हुन् । खड्कालाई सस्थापनइतरका वर्तमान जिल्ला सभापति हिमालय कर्माचार्य र सस्थापन पक्षकापूर्व सभापति केशव थापाको समेत सहयोग थियो ।

एक हजार सात सय ९५ मतदाता रहेकोमा एक हजार सात सय ३२ मत खसेको थियो ।

हेर्नुस् पदाधिकारीको मतपरिणाम :
सभापति :
१. डम्बरबहादुर खड्का : ६५१ मत
२. भेषराज आचार्य : ५३७मत
उपसभापति :
१. केदार थापा : ५१६ मत
२. खगेन्द्र देवान : ६०३मत
३. विष्णुकुमारी लिम्बू दहाल : ५३९ मत
४. होमप्रदाद दुलाल : ४९९ मत
सचिव :
१. निरोज खड्की : ५४४मत
२. पूर्णप्रसाद गौतम : ५८४ मत
३. विष्णु हेमकुमार कार्की : ५०८मत
४. हुकुमलाल थेबे :४७८ मत
सहसचिव :
१. चक्र एक्तेन (अभिषेक) : ४६६मत
२. डालाकुमारी कार्की :६०९मत
३. देवेन्द्रकुमार सुवेदी : ५४६मत
४. प्रविना राई : ४३८ मत

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार