चौधरी चरण शिहँ बिमानस्थल लखनउदेखि जाल्सा रिसोर्ट पुग्दा समय दिउँसोको एक बजिसकेको थियो । जुलाई महिनामा लखनउको मौसम असाध्यै गर्मी थियो । अझै त्यहाँ पुग्दा अचानक बहेर आएको तातो तातो हावाले मेरो अनुहार मज्जाले पोलिरहेको आभाष हुन्थ्यो । त्यसरी आगोको ज्वालाझैं भतभति पोल्ने मौसमदेखि बाँच्नको लागि हतारहतार होटलमा चेकइन गरेको थिएँ । त्यसपछी कोठामा पुगेर एकचोटी जिउलाई मज्जाले पखालेर आराम गर्न थालें । तर बिन्दास भएर बिस्तारामा बङलङ्गै लडिरहेको बेला कोठामा किरिङकिरिङ टेलिफोनको घण्टी बज्न थाल्यो । बिस्तारादेखि उँठेर दुई-चार कदम हिडे र रिसिभर उँठाएर हेल्लो भन्न पाउँदा नपाउँदै, ‘रिसेप्सनमा झर्ने होइन ?’ एक्कासि ठूल्ठूलो स्वरमा आवाज गुन्ज्यो ।
त्यो चिर परिचित आवाज निज्राको थियो । मैले त्यसबेला उनको प्रश्नको उत्तर दिन त्यति जरुरी ठान्दै ठानिन त्यसैले फ्याट्टै फोन बिस्तारामा नै फालिदिएँ । त्यसपछी हतारहतार शरिरमा एकसरो कपडा उनें र लिफ्टको नजिकै पुगें । लिफ्टदेखि झरेपछि सुस्तरी कदम चाल्दै रिसेप्सनमा पुगेको थिएँ । म त्यहाँ पुग्दा उनी मेरो प्रतिक्षामा बारको नजिकै उँभिरहेकी थिइन । ‘गर्मी ज्यादै छ, बियर पिउने होइन ?’ यसपटक उनी अलिक सानो स्वरमा बोलिन । उनको कुरो सुनेर मैले मुन्टोलाई एकचोटी तलमाथि हल्लाएर स्विकारोक्त्ति जनाइ दिएँ । मेरो स्विकारोक्त्ति सँगसँगै उनले दुई पाइन्ट बियर मगाइ हालिन । त्यसपछि हातहातमा एक-एक पाइन्ट बियर लिएर हामी रिसेप्सनको एउटा कुनामा पुग्यौ र त्यँही कुनामा बसेर बियर पिउन थाल्यौं ।
यहुदी र पेलेष्टानीको ठिमाहा छोरी निज्रा मेरो एकदम मिल्ने साथी हुन् । मैले आजभन्दा ६ बर्ष अगाडि उनलाई लिभरपुल विश्व बिधालयमा पहिलो चोटी भेटेको थिएँ । त्यसबेला हामी दुवैजना चिकित्सा शास्त्रका पहिलो बर्षको बिधार्थी थियौं । उनी नारी भइकन पनि अलिक चन्चले स्वभावका थिइन र म त्यसको ठीक विपरीतार्थ थिएँ । तिनै अतितलाई राम्ररी सम्झँने हो भने पनि म सँग परिचय गर्नको लागि उनी नै पहिले मेरो नजिक आएकी थिइन । हुनत म वेल्सको फेरिसाइड भन्ने एउटा सानो गाउँदेखि आएको थिएँ त्यसैले एउटा बिचरा बबुरो जस्तै थिएँ । अझै लिभरपुल सहरमा मेरा कोहि आफन्तहरु पनि थिएनन् त्यसैले नियास्रो मानेर समय बिताइरहेको थिएँ । तर उनीसँग भेट भएपछि निश्चय नै मलाई हल्का राहत मिलिरहेको थियो ।
म वेल्सदेखि आएको भएपनि निज्रा बर्मिङ्घामदेखि आएकी थिइन् । उनको बाबु रबर्ट म्याक्सवेल बर्मिङ्घामको अति सफल ब्यापारी हुन् । जसले गर्दा उनले निजी कलेजमा पढने अवसर पाएकी थिइन । अव निजी कलेजमा पढेकी बिधार्थी भएकी हुनाले उनलाई थोरै दम्भ चँढेको थियो । त्यसैले उनी यसो अबसर पाउने बितिक्कै जुनसुकै कुरोमा पनि फार्तिफुर्ती लडाइ हाल्ने गर्दथिन् । अझै कलेजमा छँदा उनले एउटा सोझो केटोलाई आफ्नो साथी बनाएकी थिइन । उनको केटो साथीको नाम राहुल हो र ऊ पनि युनिभर्सिटीमा हामी सँगसँगै अध्यान गर्दै थिएँ । अनि त्यसबेला चाहिँ आफ्नो भविष्यमा हुनेवाला श्रीमानलाई होटलको कोठामा आराम गर्न छाडि राखेर उनी एक्लै बियर पिउँन बारमा झरेकी थिइन् ।
निज्राको आफ्नो केटो साथी भएतापनि बिगत पाँच बर्षदेखि मलाई खेदो गरिरेहेकी छिन् । त्यसको पछाडिको मूख्य कारण उनकी बैनी हुन् । उनकी एउटी बैनी छे र उनी बर्मिङ्घाम युनिभर्सिटीमा चिकित्सा शास्त्र नै अध्यान गरिरहेकी छिन् । बैनी हामी भन्दा ३ बर्ष पछिको टोली हुन् र आफ्नी दिदीलाई भेटन लिभरपुल आउँदा मैले पनि निक्कैचोटी भेटीसकेको छु । उनीसँग मेरो निकट सम्बन्ध चाहिँ त्यस्तो केही जोडि हालिएको छैन । हुनत निज्राले जतिसुकै जब्बरजस्ती गरेता पनि म उनलाई साथी बनाइ हाल्न पटक्कै रुचाउँदिन किनभने मेरो परिवार अलिक रुढिबादी परम्पराका छन् । त्यसैत म किराँती संस्कृतिमा हुर्केको मान्छे हुँ । त्यसैले बिचरा यहुदी केटीसँग मेरो सम्बन्ध के मिल्न सक्थ्यो होला र ? तैपनि त्यति धनाढ्य एवम टाठोबाठो परिवारमा मैले झुक्किएर नाता गास्न खोजेभने बाबुको हरक्कै सास गइहाल्ने सम्भावना हुन्छ ।
हामी त्यसबेला बारको नजिकै अध्यारो कुनामा बसिरहेका थियौ । अनि एक अर्कामा एक्कैशब्द बोल्दै नबोलि बियर पिइरहेका थियौं । तर मलाई उनकी बैनीसँग सम्बन्ध नजिक गराउने उनकी रहर सम्झेर घरिघरि दङ्ग पर्दथे । हामी त्यसबेला लिभरपुलदेखि दिल्ली हुँदै लखनउ पुगेको थियौं त्यसैले थाकेर लखतरण भएका थियौं । बारको कुनामा एक आपसमा बोल्दै नबोली निक्कै लामो समय बितेपश्चात् गिलासमा भएको आँधा पाइन्ट बियर मैले एक्कै घुट्कीमा स्वाट्टै बनाइ दिएँ अनि सानो स्वरमा मुख खोलें, ‘अब लागौ है, कि अर्को पाइन्ट बजाउने हो ?’
निज्राले पहिले दाहिने हात उचालिन अनि उत्तर दिने क्रममा, ‘होइन, होइन नपिउने भरै पनि पिउँनु पर्छ,’ हतासमा जबाफ फर्काइ हालिन । त्यति भनिसकेपछि उनी बसिरहेको ठाउँदेखि जुरुक्कै उठिन र दाहिनेतिर मरक्कै टाउको फर्काएर लिफ्टतर्फ एकझलक हेरिन । म त्यसबेलासम्म पर्खालको भित्तामा मज्जाले अडेस लगाएर बसिरहेको थिएँ । उनी उँठेको देखेपछि म पनि सुस्तरी उँठे अनि एकचोटी आङ् तन्काएर हिडनको लागि तयार भएँ । त्यसपछि हामी एक अर्कामा छुट्टिएर आ-आफ्नो कोठातर्फ लाग्यौं ।
हरेक दिनरात कैलाश पर्बतबाट उत्पन्न भएको बरफझैं चिसो पानी शारदा नदी भएर लखनउसम्म आइपुग्ने गर्दछ । तिनै पानीदेखि निकालिएका फोहराले सजि सजावट जाल्सा रिसोर्ट लखनउको एउटा गौरबपुर्ण रिसोर्ट मानिन्थ्यो । त्यति शानदार रिसोर्टमा हाम्रो एकजना साथिको भव्य बिहेको भोज हुन गइरहेको थियो । त्यसैले भोजको लागि बिटल्सको सहरमा अध्यान गरेका पूर्व सातजना बिधार्थीहरु लखनउमा पुगेका थियौं । अझ तिनै रिसोर्टमा हुने निजी भोजमा पाल्नुहुने पाहुनाहरुको लागि रिसोर्ट पुरै तीन दिनसम्मको लगि आरक्षण गरिएको थियो ।
त्यसबेला लखनउको समय त्यस्तै दिउँसोको एक बजिसकेको हुनुपर्छ । म समयको गतिसँगसँगै पन्जाबी पोसाकमा ठाँटिएर रिसेप्सनमा टुप्लुक्क झरिसकेको थिएँ । म त्यहाँ पुग्दा रिसोर्ट नव दुलहीझैं मज्जाले सिगाँरिएको थियो । रिसोर्टको विशाल छातीमा एउटा फराकिलो घासे मैदान थियो र मैदानको बीचभागमा सूर्यको किरणले टलल टल्कने सेतो तम्बुको गुम्बज बनाइएका थियो । त्यति ठूलो गुम्बजलाई मज्जाले नजर लगाउने हो भने इस्तानबुलमा भएको ब्लु मस्कको भित्रीभागझैं अति आकर्षक देखिरहेको थियो । अझ तिनै गुम्बजभित्र बिछ्याइएका इरानियन कार्पेटले भोजस्थललाई कमि रौनक दिइरहेको थिएन ।
त्यति भव्य भोजको लागि म बाहेक मेरा सबै साथीहरु आ-आफ्नो प्रेमी प्रेमिकाहरुसँग त्यहाँ पुगेका थिए । दुर्भाग्य भनौ कि खै के भनौ ? त्यसबेलासम्म मैले एउटै ओछ्यानमा खुट्टा खप्ट्याएर सुत्ने अर्को एउटा नग्न शरिरलाई भेट्न समर्थ भएको थिइन । तैपनि जीवनरुपि रथलाई जेनतेन हाकिरहेको थिएँ । हाम्रो त्यस समुहको प्रमुख पात्रहरु रोहण र सारिका हुन् । भनौ उनीहरु त्यसदिनको बेहुला र बेहुली थिए । त्यति सुन्दर गुम्बजभित्र झकिझकाउँ सहित बीसवटा टेबलहरु सजिएका थिए र शिखर टेबलमा आ-आफ्नो परिवारहरुसँग बेहुला र बेहुली बस्ने पूर्व योजना थियो । शिखर टेबलको ठीक पिछाडि रहेको टेबल नम्बर दुईमा हामी पाँचजना बस्न गइरहेका थियौं ।
रोहणका पिता हड्डीका चिकित्सक (कन्सलटेन्ट) एवम् लखनउमा निजी अस्पतालका मालिक हुन् । त्यसैले उनले प्रशस्त अर्थ आर्जन गरेका थिए । अब त्यतिका धेरै सम्पत्ति भएकोले बिहेको तामझाम निक्कै भव्य नै हुने भयो । अनि त्यस महत्वपूर्ण कार्यक्रमलाई एउटा पूर्ण चलचित्रझै छाँयाङ्कन गर्नको लागि बलिवुडका चलचित्र सम्पादक शिवशँकरले जिम्मेवारी पाएका थिए । उनले हाम्रो समुहलाई भोजमा उपस्थित हुँदा के कसरी जाने भनेर पूर्वभ्यास गराइसकेका थिए । तर मेरो जोडी नभएको हुनाले मैले अरुभन्दा बिलकुल फरक भूमिका पाएको थिएँ ।
मध्यान्हको दुई बजेपछि बेहुला र बेहुली हात्तिबाट ढलक ढलक ढल्कदै भोज स्थलमा गएका थिए । भोज स्थलमा उनीहरु जाँदा चलचित्र सम्पादकले उनीहरुको अभिनय क्यामेरामा कैद गर्न थालिसकेका थिए । त्यहाँ उपस्थित भएका सबै पाहुनाहरुले हात्तिमा ढल्कदै आएका नव वरवधुलाई फूलका कोशहरुले छर्कनुको साथसाथै गडगडाहत तालिले स्वागत गरेका थिए ।
उनीहरुको पछिपछि रोशन र निज्रा रोल्स रोयसमा अनि दिपेन र मन्जु बेन्टली कारदेखि भोजस्थलमा गएका थिए । म चाहिँ अन्य साथीहरुभन्दा बिलकुल फरक ढगँले साइकल चलाएर जानु पर्ने भएको थियो । अझै साईकल चलाउने क्रममा मै शरावी नहि हुँ, मुझे किसिने पिलाए तो मै क्या करुँ भन्ने गित गाउदै कार्पेटको बीचभाग भएर जानुपर्ने योजना थियो । अहँ अझै त्यतिले मात्र शिवशँकर के मान्दथे र ? पटक्कै मानेको थिएन । त्यसैले मलाई एउटा हातमा एक बोतल सिमिरफ भोड्का पनि बोक्न लगाएका थिए ।
चलचित्र सम्पादकले मेरो प्रेमिका नभएकै कारण मलाई त्यस्तो अभिनय गर्न लगाएका थिए । त्यस्तो अमिल्दो अभिनय भएपनि पाहुनाहरुलाई एकछिन मनोरन्जन होस भन्ने मेरो पनि बिचार भयो । अझै त्यति टाढा लिभरपुलदेखि आफ्नो पृय मित्रको बिहे खान लखनउ पुगेको हुनाले शिवशँकरको त्यो अनुरोधलाई मैले ठाडै अस्वीकार गर्न मिल्दैनथ्यो ।
सबै साथीहरु कारबाट भोजस्थलतर्फ लागेपछि मेरो पालो आयो । मैले बेहुलाको सल्लाहलाई उँच्च सतर्कता अपनाउँदै सेतो कमिज, सेतै सुरुवाल र शिरमा रातो टरबाइन ढल्काइरहेको थिएँ । त्यसपछि पूर्व योजना भए अनुसार मैले सुस्तरी साईकल चलाउन सुरु गरिहालें । म साईकलमा त्यसरी आउँदा सबै पाहुनाहरु मरिमरि हाँसिरहेका थिए । उनीहरु हाँसेका देखेपछि मलाई झन जोस चलेर आएको थियो त्यसैले झन बेस्सरी साइकल हाक्न थालें । तर केहीबेरमा कार्पेटको जोर्नीमा पुगे र त्यहाँ अड्किएर म भुईमा बङलङ्गै लडें ।
साईकलदेखि त्यसरी लड्दा मेरो हातबाट उडेर गएको भोड्काको बोतल तम्बुको खम्बामा पुगेर बज्रियो र फुटेर चक्नाचुर भएको आवाज सुनें । मेरो शिरमा ढल्किरहेको टरबाईन उछिट्याएर कता पुग्यो पुग्यो मलाई केही अत्तोपत्तो हुन सकेन । भोजस्थलमा पुग्नै लाग्दा अचानक घटेको त्यस्तो घटनाले मेरो अनुहार रातो र पिरो भइरहेको थियो । तिनै लाज ढाक्नको लागि म केहिबेर भुइँमा घोप्टिरहेकै अवस्था थियो । दुर्भाग्यवस पेट भुइमा बजारिएर हुरुक्कै हुँदा सास फेर्न धौधौ परिरहेको थियो । अझै सबैभन्दा ठूलो अन्याय त मलाई तिनै साईकलले दिइरहेको थियो किनभने त्यसबेला साइकल मेरो शरिर माथि र म साइकल मुनी परिरहेको थिएँ । मेरो त्यस्तो बेहालत देखेपछि एउँटी युबती हिडदै मेरो नजिक आईन र दाहिने हात समातेर मलाई भुईबाट सुस्तरी उठाईन । अनि केही पर कुनामा आराम गरिरहेको टरबाईन टिपेर मेरो टाउकोमा लगाई दिदै –
‘के तपाईलाई ठिक्कै त होला नि, होइन ?’
मानिसहरुको अत्यन्तै भिड थियो । तिनै भिडको बीचमा अचानक आएको उनको प्रश्नले मलाई असाध्यै लाज लागिरहेको थियो । तर कोईलीको झै त्यति मिठो बोलिले मलाई कताकता आकर्षण पनि गरिरहेको थियो । त्यसपछि मेरा चिम्से नयनहरुले उनका नयनहरुसगँ केहिबेर जुहारी खेल्यो । तिनै मौकाको फाइदा उठाउँदै मैले उनको शिरदेखि पाउँसम्म एकझलक राम्ररी नियालेर हेरें । उनले मेरो मनै लोभ्याउँने गरि सेतो साडी र सेतै चोली लगाएकी थिइन । अनि बत्तिको त्यति उज्यालो प्रकाशमा एकदम पातली, अग्ली र गोरी शरिरमा निक्कै अग्लो उँठेको छातीले मलाई आकर्षित गरेर कलियुगको कृष्ण बनाई रहेकी थिइन । उनको त्यति आकर्षक शरिर देखेर दङ्ग परेपछि प्रतिउत्तरमा मैले, ‘धन्यबाद’ मात्र भन्न सकेको थिएँ ।
तर सबैभन्दा अचम्मको कुरोचाहिँ के भइदियो भने त्यहाँ उपस्थित भएका सबै पाहुनाहरुले अभिनय त्यस्तै प्रकारले गर्नुपर्ने होला भनेर सोचेका रहेछन् । जसले गर्दा ती युबतीबाहेक अन्य कसैले मलाई त्यहाँ सहयोग गर्न आउने जमर्को गरेका थिएनन् । शिबशँकरले त्यसबेलासम्म मेरो तमासा राम्ररी हेरे र सबै कृयाकलापहरु उनको क्यामेरामा मज्जाले कैद गरेर राखे । पहिले कहिलै अभ्यास नगरिएको अभिनय त्यहाँ प्रदर्शन भएपछि मेरो नाट्यकलाप्रति शिबशँकर बहुत खुशि भइरहेका देखिन्थे ।
अचानक भएको साईकल दुर्घटनाले मेरो दाहिने घुँडा बेस्सरी दुखिरहेको थियो । त्यसैले भोजस्थलमा म खल्ट्याङ खल्ट्याङ गर्दै अलिक धिलै पुगेको थिएँ । म त्यहाँ पुग्दा हाम्रो समुहको सबै सदश्यहरु टेबलमा आसन गरिसकेका थिए । भोज यात्रामा परेका कठिनाईहरुको बाबजुद म टेबलमा पुगेर सबैजनालाई एक्कै मुष्ठमा हेल्लो भन्दै कुर्सिमा थपक्कै बसें त्यसपछी मलाई कसैसँग बोल्न रहर लागेन ।
तर त्यहाँ बस्दैगर्दा मेरो ठीक दाहिनेतिर एउटा कुर्सी खाली देखेपछि म तीन दङ्ग परें । तिनै खाली कुर्सीको ठीक सामुन्ने ‘मिज्रा म्याक्सवेल’ भनेर लेखेको देख्दा झन मेरो कन्सिरी तातिएर आयो । मैले त्यसबेला कन्सिरी मात्र नभएर अचानक मेरो हृदयको धडकन पनि बेस्सरी चल्न थालेको महसुस गर्न थालेको थिएँ । यो खेल तिनै निज्राले खेलिकी हुन् भनेर मैले मनमनै सोचें तर अति मिलनसार मित्र रोहणको बिहेको दिन वाताबरणलाई किन धुमिल बनाउँने है भनेर दिमागलाई ठन्डा बनाउन प्रयत्न गरें । म बेखुशि मुद्रामा त्यसरी कुर्सीमा बसेको निज्राले नजिकैदेखि नियालिरहेकी थिइन त्यसैले मेरो सिधै अगाडिको खाली गिलास उँचालेर उनले भरी वाईन सारिन र मुख खोल्न सुरु गरिन ।
‘नविन ! के भयो ? किन धिलो गरेको हँ ?’
उनले त्यहाँ गरेकी हर्कतले मेरो रिस मरिसकेको नै थिएन तैपनि त्यस परिस्थितीमा म अन्य के नै गर्न सक्थे र ? तैपनि रिस क्षणिक हुन्छ कहिलेपनि स्थायी हुँदैन भन्ने सोचें । बरु केही अगाडि घटेको घटनालाई भुल्नको लागि एकघुटकी वाइन पिएँ त्यसपछि थोरै संयम हुने प्रयत्न गरें । तर त्यसबेलासम्म मेरो मन बशमा छँदै थिएन । उल्टो लखनउको उखरमौलो गर्मी र पूर्व घटित घटनाले मेरो अनुहारमा चिटचिट पसिना आउन थालेको महसुस गरिरहेको थिएँ । अब पसिनैपसिना भएको मेरो त्यो मलिन अनुहारलाई निज्राले टिठलाग्दो तरिकाले हेरिन र टेबलमा भएको एउटा नापकिन टिपेर मेरो पसिना पाछपुछ गरिदिइन ।
‘तिमी ठिक्कै त छौ नि हगि ?’ मेरो दायाँ हत्केलालाई सुमसुम्याउँदै दयालु स्वरमा उनी बोलिन ।
‘हो, हो ! म ठिक्छु, बिलकुल ठिक्छु ।’ मैले छोटो जबाफ फर्काइ दिएँ ।
म त्यति बोलिसकेपछि मेरो टाउकोलाई थोरै दायाँतिर घुमाइ दिएँ । हाम्रो टेबलको दायाँ कुनामा एउटा ठूलो भट्टिपशल थियो र तिनै भट्टिपशलमा जे जे पिउँन मन लाग्यो त्यँही चिज पिउँन पाइन्थ्यो । त्यसको अलिक अगाडि कुनामा निक्कै क्षेत्रफल ओकटेर बनाइका आफैले पस्काएर खान मिल्ने बफेट सेवाको सुबिधा थियो । बफेटको बायाँ कुनामा एउटा अर्को टेबल थियो जहाँ जिन्दगीभरी सागसब्जिमात्र खाएर बाँच्छु भन्ने मानिसहरुका लागि शाकाहारी भोजनहरु लहरै सजिएका देखिन्थे । त्यसको ठीक बिपरित दिशातिर नजर डुलाउँने हो भने बिभिन्न प्रकारको मिष्टान्न र केक राम्ररी सजिएका थिए । पारदर्शी शिसाभित्र लुकेर बसेका तिनै केकहरु बत्तिको प्रकाशले झिलिमिली टल्किरहेका थिए । त्यति सुव्यवस्थित र भडकिलो प्रितीभोज मैले जिन्दगीमा सम्भवत प्रथमचोटी ईक्षित गरिरहेको थिएँ ।
म त्यसबेलासम्म कुर्सीमा गजधम्म बसेर सुस्तरी वाईनले घाँटी भिजाइरहेको थिएँ र तिनै गोरी साडिवाली युवतीलाई बिर्सने चेष्टा गरिरहेको थिएँ । तर खै के भएर हो कुन्नि घटना घटेको बेला मेरो दाहिने हात तानेर उँठाइ दिदै गरेकी क्षणलाई भने चट्ट भुलिहाल्न सकिरहेको थिइन । साच्चै ! मानिसको मन पनि कति तरल हुन्छ होला ? किनभने हरेकचोटी वाईनको गिलास उचाल्दा उनको प्रतिबिम्ब गिलासमा झलझली झल्किरहेको जस्तो मलाई आभाष भइरहेको थियो । यसरी उनको बिषयमा गहिरिएर नानाथरी सोचीरहेको बेला एकास्सी ‘नविन’ भन्ने शब्द मेरो कानमा बज्रदा म झसङ्गै झस्किएको थिएँ । केही पर बसिरहेकी मन्जुको मुखदेखि अचानक निस्केको त्यो आवाजले मलाई बेस्सरी तर्साइ दियो त्यसैले हतासमा म त्यतैतर्फ फर्किहालें ।
‘मिष्टर ! के भयो ? सधैको जस्तो छैनौ त ?’
उनको प्रश्नको सिधै उत्तर दिन मेरो मनले पटक्कै मानिरहेको थिएन । तर मन्जुतिर फर्कदा उनको ठीक पछाडि टेबलमा तिनै सेतो साडीवाली युबती बसिरहेको देख्दा म झसङ्ग झस्कें । मैले उनलाई हेर्दा उनले मलाई क्वारक्वार्ती हेरिरहेकी थिइन । अचानक उनका र मेरा नयनहरु जोडिएर चार हुँदा मेरो टाउको फुलिएर अजङ्गको भयो । म सपनामा छु कि वा बिपनामा छु भनेर एकछिन दिगभ्रमित बनिरहें । तर मेरो भ्रम त्यतिबेला हटेर गयो जब मैले एकचोटी आँखा बन्द गरेर फेरि दोश्रोचोटी खोलेको थिएँ । उनलाई अप्रत्याशिक रुपमा त्यसरी देख्दा मलाई इङ्गित गर्दै उनले दाहिने हात आकाशतिर उँठाएर थोरै हल्लाएकी थिइन । उनको त्यो हात हल्लाइले म केहीबेर द्विविधामा परिरहें तैपनि मेरो दाहिने हातमा वाइनको गिलास थियो त्यसैले सुस्तरी बायाँ हात उचालेर जबाफ फर्काइ दिएँ ।
भोजमा निम्तालु पाहुनाहरु आ-आफ्नो कुर्सिमा आसन गरेपछि बेयराहरुको घुइँचो बढन थालेको थियो । एकछिनपछि टेबलमा बिभिन्न प्रकारको सितनहरु देखापर्न थाले । भिक्टोरियन प्लेटमा गुङलिङ्ग परेको ससेजलाई काटेर एकटुक्रा मुखमा हाल्दै निज्राले फेरी मुख खोलि हालिन, ‘नविन ! अनि सुनन बैनीले उनको नाममा रहेको खाली कुर्सीको तस्विर त बर्मिङघामदेखि अघि नै हेरीसकिन नि । के तिमीलाई थाहा भयो ?’
‘कसरी ?’ उनको त्यस्तो कुरो सुनेर मैले अनभिज्ञाता प्रकट गरें ।
‘वाट्सएपदेखि हेरिन । बिचरी ! यहाँ आउन पाईन भनेर सानो मन गर्दै थिइन् । तिमीले एकचोटी पनि लखनउ जाउँ भनेनौ छौं । तिमी अलिक निष्ठुरी छौ कि के हो ?’
निज्राको नानाभाँती कुरो सुनेर मेरो दिमाक पाकिरहेको थियो । तर उनको कुरो सकिन पाउँदा नपाउँदै हाम्रो टेबल पछाडिको टेबलदेखि सुरु भएको हिलको टकटक आवाज मेरो नजिकै आएर टक्क रोकिएको थियो । तिनै हिलको आवाज सेतो साडीवालिकी थियो । उनी त्यहाँ आएपछि टेबलमा बसेका हामी सबैजनालाई हात उँठाएर एक्कैचोटी “हेल्लो अल” भनिन । त्यसपछी, ‘डाक्टर राई ! अहिले तपाईलाई कस्तो छ ? अघि भएको दुर्घटना प्रति म एकदम दुःखी छु र भारी खेद प्रकट गर्दछु,’ नम्र भएर बोलिन ।
एकजना अपरिचित युवतीले अचानक मेरो नजिक आएर सहानुभूति प्रकट गर्दा मलाई केही अफ्ठ्यारो त निश्चय नै भएको थियो । अझै त्यति दुखद घटनाको बिषयमा उनले त्यहाँ बर्णन गर्दा टेबलमा बसिरहेका सबैजनाले दङ्ग परेर सुनिरहे । म सँग केही अन्य उपाय थिएन । त्यसैले प्रतिउत्तरमा, ‘त्यस्तो केही छैन,’ मात्र भन्न सकें । तर एक्कासि उनको उदयले हाम्रो टेबलमा एकछिन स्तब्धता छाइरह्यो ।
मैले त्यति भनिसकेपछि थोरै मुन्टो घुमाएर देब्रे आँखाले उनलाई एकझलक हेरें । छोटो बाहुला तर टिमिक्कै शरिरमा कसिएर भित्री बस्त्र देखिने ब्लाउज त्यसमाथि गर्लम्मै जिउमा बेरिएको सेतो साडी र हातमा बोकिरहेकी सेनलको सानो झोलाले उनलाई स्वर्गको परीझैं लाग्यो । अनि त्यति कामुक मुद्रामा उनकी बायाँ हात बारुली कम्बरमा थपक्कै सजाएर मेरो बायाँ कुम जोडिनेगरि ठिङ्गै उँभिदा मलाई कताकता काउकुती त यस्सै लागिरहेको थियो । अझै उनले प्रयोग गरेकी जर्जियो आर्मनी अत्तरको बासनाले परेड खेल्दै मेरो नाखसम्म पुग्दा म कहिले सरम र कहिले आनन्दित भइरहेको थिएँ ।
उनी एकछिनसम्म त्यहाँ खडा भइन त्यसपछि, ‘म अहिले जान्छु है,’ भनिन र सटासट हिडिहालिन । उनले आफ्नो बाटो तताउदै गर्दा उनको नितम्बलाई हामी सबैले झिमिक्क आँखा बन्द नगरी हेरिरह्यौं । ‘एकजना स्वस्थ मानिसले हजारौ कुरोको आकाङ्क्षा राख्छ, तर बिमारी मानिसले एउटै कुरोको मात्र आकाङ्क्षा राख्छ,’ कन्फ्युसियसको वाणी सुनेको थिएँ । वास्तवमा म बिमारी त थिइन तैपनि उनलाई देखेपछि मैले एउटै कुरोको मात्र आशा गरिरहेको थिएँ ।
साच्चै ! साडीले छोरी मानिसको यौबनलाई कति आक्षिप्त बनाएर ल्याउने रहेछ । उनलाई देखेपछि मलाई त्यसबेला अचम्म लागिरहेको थियो । उनी त्यहाँदेखि बिदा भएर गएपछि टेबलमा अनेकन प्रश्नहरु ओइरिन थालिसकेका थिए । उनी को हुन ? के भएको हो ? कस्तो घटना घटेको थियो ? मैले त्यहाँ उत्पन्न भएको कुनै पनि प्रश्नको उत्तर दिन त्यति जरुरी ठानिन तर उनको नामसम्म सोधेको भए राम्रो हुन्थ्यो कि भन्ने मेरो भित्री मनमा लागिरहेको थियो ।
टेबलमा सितनहरुले सधैको लागि बिदा लिएपछि ध्वनि प्रशारण यन्त्रदेखि बफेट सेवा सुरु भएको जानकारी पाएका थियौं । त्यस्तो सूचना मिल्ने बितिक्कै पहिले मूख्य टेबलमा बस्ने मानिसहरुले आफै खाना पस्केर लिन सुरु गरेका थिए । त्यसपछि खाना पस्कने हाम्रो टेबलको पालो आएको थियो । हामी त्यहाँ लामबध्द हुँदा पङ्त्तिको सबैभन्दा अन्तिममा म उँभिएको थिएँ । हामी पछि तीन नम्बर टेबलको पालो भनेर माइकबाट आवाज आउने बितिकै तिनै साडिवाली युबती ढलक ढलक ढल्किदै मेरो नजिकै आइहालिन । मैले मौकाको फाइदा उठाउदै उनको नाम सोधीहालें ।
‘निहारिका । निहारिका मलहोत्रा ।’
‘धन्यबाद ।’
‘डाक्टर राई । के तपाईको साथी आएनन् हो ?’
‘को साथी ?’
‘मिज्रा !’
उनले त्यसो भन्ने बितिक्कै मलाई खितितिति हासो लाग्यो । ‘त्यो त टेबलमा त्यतिक्कै साथिहरुले लेखि दिएको हुन्,’ सम्म भने ।
मेरो कुरो सुनेर उनी एकछिन नतमस्तक बनिन् । तैपनि हामी सुस्तरी कदम चाल्दै खानेकुरो पस्किरहेका थियौ । एउटा हातमा चिनिया माटोबाट बनेका राजकिय भियना पोर्सिलियन थालभरी खानेकुरा र अर्को हातले बिदाईको संकेत गर्दै हामी अर्कोचोटी छुट्टिन बाध्य भएका थियौं । उनीसँग त्यति बोलेपनि कति धेरै बोलेका हुन् भनेर मेरा टेबलमा बस्नेहरुले आशंका गरिरहेका थिए । त्यसैले म त्यँहा पुग्ने बितिक्कै निज्राले फ्याट्टै मुख खोलि हालिन ।
‘अँ ! साडिवाली के भन्छिन त ?’
‘केही होइन । परिचय मात्र गरेको हुँ ।’
‘केटी निक्कै हिस्सी परेकी र बेस्सरी पातली पनि रहिछे । जिन्दगीमा शुन्दर मुहार भएका मानिसहरु प्रशस्तै भेट्न सकिन्छ तर शुन्दर दिल भएका मानिसहरु एकदम कमि भेटिन्छन् । त्यस कुरोको ख्याल गरेस है । यति भन्दाभन्दै पनि मेरी बैनीलाई धोका दियौ भने मलाई थाहा छ, ईश्वरले तिमीलाई पनि माफ दिने छैन ।’
मैले उनको कुरोलाई एक कानदेखि सुने र अर्को कानदेखि उडाइँ दिएँ । किनभने आइन्सटाईनका सन्तती भएका कारणले बोल्न अचाक्लि जान्दछिन् भन्नेकुरो मलाई पहिले नै थाहा थियो । तर कुनैकुनै बेला चाहिँ आवश्यक्ता भन्दा अलिक बढि नै मलाई नियन्त्रण गर्न खोज्दै छिन् कि भन्ने महसुस गरिरहेको हुन्थे ।
एकछिनपछि हामीले खाना खाई सक्यौं । खाना खाएपछि धुवाँ लगाउँदा मौरीको घारभित्र मौरीहरु सलबलाए झैं हलभित्र बेयराहरु सलबलाउन थालेका थिएँ । उनीहरुले त्यहाँ युध्द स्तरमा मिष्टान्नहरु उपलब्ध गरेका थिएँ । रसगुल्ला, काजु, कट्लि, लड्डु, बर्फि, रसमलाइ, पेडा र मोडाक इत्यादी । मैले पनि आँखा चिम्लेर केहि गुलियो हसुरी हालें तर इमान्दारिताको साथ भन्नुपर्दा ती मिठाईहरु मैले सोचेको भन्दा कैयौ गुणा गुलिया थिए । त्यति धेरै गुलियो मिठाईहरुको स्वाद सँगसँगै मेरा टेबलमा बसेका प्रेमीप्रेमिकाहरु झन गुलियो बनेर जोडिन थाले । त्यसपछि उनीहरु आ-आफ्नै जोडिसँग नाच्नको लागि नृत्यस्थलतर्फ लागे । अब मलाई गजधम्म भएर कुर्सीमा एक्लै बसिरहन त्यति उचित लाग्दै लागेन । त्यसैले सुस्तरी कुर्सीदेखि उँठे र लन्द्रङलन्द्रङ हिडदै भट्टिपशलको छेउँमा पुगे । त्यहाँ पुगेर बेयरालाई डबल हाईल्याण्ड पार्क सिङ्गल माल्ट मगाए र जिब्रोमा अडकिरहेको गुलियो स्वादलाई परिष्कृत गर्न थाले । तर त्यसरी म त्यहाँ एक्लै उँभिरहेको देखेर निहारिका हस्याङ्फस्याङ गर्दै मेरो नजिकै आइन । उनी आउने बितिक्कै –
‘तपाई के पिउनु हुन्छ ?’ मैले अनुरोध टक्रयाइ हालें ।
‘अनि तपाई के पिउँदै हुनुहुन्छ ?’ उनले उल्टो प्रश्न गरिन ।
‘स्कटिस पानी पिउँदै छु,’ भनें र फिस्सै हासें ।
‘अँ ! मलाई ह्विस्कीमा त्यति धेरै दिलचश्वी छैन्, बरु एक गिलास रातो वाइन पिउँछु है ।’
‘ए ! हुन्छ नि जे मन लाग्यो त्यँही पिउँनु सक्नुहुन्छ ।’
‘डा. राई ! के म तपाईलाई एउटा कुरो सोध्न सक्छु ? साँच्ची तपाईहरु कहाँदेखि आउनु भएको हो ?’
‘लिभरपुल ।’
‘ए ! हजुर ।’
‘उसो भए तपाईको साथी छैन हो ?’
‘छन् नि । हाम्रो टेबलमा बस्ने सबैजना मेरा अशल साथीहरु हुन् ।’
‘होइन ! मेरो मतलव केटी साथी ?’
‘ए ! छैन छैन ।’
‘अनि लखनउमा कति बस्नु हुन्छ ?’
‘हामी यहाँ एक हप्ताको लागि आएका हौं । अर्कोहप्ता यहाँदेखि हैदराबाद जान्छौं । किनभने शारिकाको तर्फबाट प्रितीभोज हैदराबादमा हुँदैछ । त्यहाँ एकहप्ता बस्छौं र उतैबाट बेलायत फर्कन्छौं ।’
‘अनि आज कहाँ बस्नु हुन्छ ?’
‘मेरो कोठा पाँचौं तलामा छ र कोठा नम्बर ५०५ हो । अनि सुन्नोस न मैले ज्यादै सजिलो कोठा नम्बर पाएको छु । बेसुर हुनेगरि माते भने पनि कोठामा सजिलै पुग्छु भन्ने लागिराछ ।’
मेरो कुरो सुनेर उनले फिसिक्क मुस्कान छाडिन, ‘ए ! ५०५ ज्यादै सजिलो रहेछ । तपाईको कोठा नम्बर त मैले पनि मज्जाले सम्झन सकें । अनि म चाहिँ तपाईको कोठा भन्दा एकतला मुनि होटलको चौथोतलामा बसेको छु है ।’
निहारिका त्यसबेलासम्म मेरो ठीक सामुन्ने उँभिरहेकी थिइन । मैले बोल्दा थुक उछिट्टाए भने उनको सिधै अनुहारसम्म पुग्न सक्त्तथ्यो किनभने हामी एक आपसमा त्यति नजिक उँभिएका थियौं । उनले हरेकचोटी चिरिप्पै वाइन पिउँथिन र प्यारले मेरो मुहार हेर्ने गर्दथिन् । म झन के कमी थिएँ र ? मैले आँखा नथाकिन्जेलसम्म उनको बिषालु ओष्ठलाई तिरिरि हेरिरहेको थिएँ ।
अनि कताकता उनको ओठ बाहेक हरेक अङ्गप्रत्यङ्गलाई स्पर्श गरिरहेकोझैं महसुस गरिरहेको थिएँ । साच्चै भन्ने हो भने उनको त्यति आकर्षक शरिरलाई स्पर्श गर्नका लागि मेरा हातका औंलाहरु एकदम आतुर हुँदै सलबलाइ रहेका थिएँ । हुनत म अलिक लज्जालु स्वभावका मानिस थिएँ त्यसैले त्यसबेलासम्म उनले सोधेका प्रश्नहरुका उत्तरहरु मात्र दिइरहेको थिएँ । मैले निक्कै लामो समयसम्म उनको केस, आँखा, नाक, मुख र घाँटी हुदै बक्षस्थलसम्म हेरिरहें तर मेरो मुखदेखि एक्कैशब्द ननिस्केपछि उनैले फेरी मुख खोलिन ।
‘अ…तपाईले के सोचिरहनु भएको छ ? मलाई पुरै थाहा छ ।’ फिस्सै हासिन तर हतारहतार हातले मुख छोपी हालिन ।
‘होइन त्यस्तो केही पनि होइन,’ म अलि लजाएझैं गरें ।
‘अनि तपाईसँग म यसरी बोलीरहँदा तपाईको साथीहरु रिसाउँछन् कि ?’
‘किन रिसाउनु र ? रिसाउनु पर्ने कुनै कारण नै छैन् । बरु तपाईको अभिभाबकहरुले चाहिँ के भन्ने हुन् कुन्नि ?’
‘मेरो अभिभावकहरु अति अशल हुनुहुन्छ । अनि म एकल छोरी पनि हुँ । त्यसैले अहिलेसम्म मेरो बिषयमा केही पनि नराम्रो भन्नु भएको छैन र सम्भवत भबिष्यमा पनि भन्नु हुने छैन । मेरो खुसी नै उँहाहरुको खुसी हुनेछ । तर आज मेरो बाबु र आमा दुवैजनाले मदिरापान गर्नु भएका छन् त्यसैले उँहाहरुसँग नभेटी हालौं । भोलि बिहान ब्रेकफास्टको समयमा म उँहाहरुसँग तपाईको परिचय गराई दिनेछु । अनि सुन्नोस न मेरो बाबुको लखनउमा भारतिय सिमेन्टको ठूलो कारखाना छ । त्यसैले मैले दिल्लीमा भू-गर्व शास्त्र अध्यान गरेकी हुँ । खै तपाईलाई भू-गर्व शास्त्र मनपर्छ कि पर्दैन ? खयर जे सुकै होस तपाईसँग यसरी अचानक भेटदा मलाई ज्यादै खुसी लागेको छ । सम्भवत मेरो कुरो बुझ्नुभयो होला ?’
म गम्भिर भएर उनको कुरा सुनिरहें तर एक्कैशब्द बोल्दै बोलिन ।
हामी त्यसबेला बारको नजिकै उँभिरहेका थियौं । अचानक हाम्रो सामुन्ने हात्तिका सुँढ जस्तै लामालामा क्यामेराको लेन्स झुन्डाएर बिजुली चम्केको झैं झिलिकझिलिक प्रकाश पार्दै भोजका तस्बिर खिच्ने एकजना मान्छे आईपुग्यो । हामी एकअर्कामा एकदम नजिकिएर बोल्दै गरेको देखेर उनले सायद प्रेमीप्रेमिका होला भन्ने सोचेछन् क्यारे ।
‘महाशय ! खै एकअर्कामा अँगालो मार्नोस त ?’
उनको त्यँहा आगमन हुने बितिक्कै छाडेको पहिलो शब्दले नै मेरो नाडी गलेर आयो । बिना सित्तिमा शरिर लल्याक लुलुक भयो । तैपनि म अचल सगरमाथाझैं हलचल नगरी चुपचाप त्यँही खडा भइरहें । निहारिकाले समातिरहेकी वाईनको गिलास बारको टेबलमा टक्क आवाज आउने गरि राखिन र उनको दाहिने हातले कछुवा गतिमा मेरो शरिरको माथिलो भागमा सर्लक्क बेरिन । बायाँ हात उनको कम्बरमा राखिन र फिस्स हास्दै तस्विर लिनको लागि तयार भइन । मैले जिन्दगीमा प्रथमचोटी एउटा कामुक युबतीको शरिरसँग त्यसरी जोडिने अवसर पाएको थिएँ । तर के गर्ने र ? दुर्भाग्य भनौ कि सौभाग्य भनौं मेरो हृदयको गति चाहिँ ह्वात्तै बढिरहेको थियो ।
हाम्रो तस्विर खिच्ने तरिकादेखि फोटोग्राफर पटक्कै खुसी भएनन् । त्यसैले मेरो बायाँ हातलाई निहारिकाको नितम्बमा राख्न भनेर उनले हुकुम बर्षाइ हाले । उनको कुरो सुनेर मलाई थोरै लज्जाबोध त यस्सै भयो । तैपनि अलिकति साहस बटुले अनि सुस्तरी मेरो बायाँ हातलाई रणभूमीमा युध्दको लागि पठाइ दिएँ । मेरो हातले प्रथमचोटी उनको नितम्बमा आराम गर्दा मलाई हल्का अफ्ठ्यारो मात्र होइन लाजले भुतुक्कै भइरहेको थिएँ । त्यसपछि एक, दो, तीन भन्ने शब्दहरु सुनिएको थियो र दुईचार चोटी क्लिकक्लिकको आवाज आएको पनि चाल पाएँ ।
‘महाशय ! लजाउँनु भएन नि, कृपया अलिक नजिक बस्नु परयो ?’ फोटोग्राफरले क्यामेरामा हेर्दै दोश्रोचोटी मुख खोल्यो ।
उनको कुरो सुनेर हामी झन एकआपसमा लपक्क टाँलिन थालेका थियौं । त्यति समिपमा टाँलिदा निश्चय पनि मलाई एकातिर आनन्द त मिलेकै थियो तर अर्कोतिर केही शर्मशिल पनि भइरहेको थिएँ । अझै, ‘एकचोटी मेडमको बायाँ गालामा चुम्बन गर्नुहोस है,’ ऊ क्रमशः बोल्दै गयो । उनको कुरो सुनेर पहिले हासो उठ्यो तर मेरो जिउ गर्हौ भएको अनुभूती गरे । निहारिका झन के कमि थिइन र ? कर्के नजरले मलाई एकझलक हेरिन र झिमिक्क देब्रेआँखा झिम्क्याइ दिइन । उनको आँखाको भाषा मैले त्यति चाडो के बुझ्न सक्थे हुँला र ? तर उनको गाला मेरो मुखको सामुन्ने तेर्स्याइदिदाँ आ…जे सुकै मरोस है भनेर मैले मुख जोडि दिइहालें ।
फोटोग्राफरले नानाथरी गर्न लगाउँदा म निश्चय पनि लजाएका थिएँ तर निहारिकाको शरिरमा त्यतिका धेरै खेल्ने अवसर प्रदान गरिदिएकोमा मनमनै धन्यबाद पनि दिएँ । उनले केही तस्बिरहरु लिएपछि हामीसँग सँधैका लागि बिदा भएर गए । उनको बिलय भएतापनि त्यसबेलासम्म निहारिकाले मेरो हात छाडन मानिरहेकी थिइनन् । वास्तवमा हाम्रो भेटघाट भएको केहीघण्टा मात्र भएको थियो तैपनि हाम्रो आत्मियता ज्यादै नजिक पुगेको मैले महसुस गरिरहेको थिएँ ।
यी सारा हर्कतहरुलाई निज्राले नृत्यस्थलदेखि घरिघरि दृष्टी लगाइरहेकी थिइन । जबजब उनले मलाई हेर्थिन तबतब मैले झन उटफट्याङ्ग गरेर खेल देखाइ दिन्थे । किनभने यो सबै कार्य गर्नको लागि बियर, ह्विस्की र वाइनले मलाई अचम्मैसँग साथ दिइरहेको थियो । निज्राले जतिसुकै कर्के नजर लगाए पनि म उनीसँग किन त्रसित हुनु हौ भन्ने एक मनमा लागिरहेको थियो । अझै म त्यसबेला निहारिकाको न्यानो अङ्गालोमा मज्जाले बाँधिएको थिएँ । त्यसैले निज्राले जे सुकै सोचिरहेकी भएतापनि के चिन्ता लिनु है भन्दै थिएँ । तर निहारिकाले एक्कासि, ‘के म तपाईसँग नाँच्न सक्छु ?’ भनेको सुन्दा म झसङ्गै झस्कें ।
‘किन नसक्नु,’ उनको त्यस्तो आग्रह सुनेर पहिले खङ्ग्रङ्ग भएँ । जाबो लाज, डर, त्रास, भय, क्रोध, आस अरु त्यस्तै के के हो के सबै भुलेर हात समातासमात गर्दै हामी नृत्यस्थलमा पुगिहाल्यौं । त्यहाँ पुगेर सङ्गीतको तालमा कुर्कुच्चा तलमाथि गर्दैगर्दा उनको विशाल छातीले मलाई औधी आकर्षण गरिरह्यो । मलाई त्यसबेला कसोकसो चन्द्रमा दाहिने भएको बेला लिभरपुल छाडेको रहेछु भन्ने लागिरहेको थियो । नत्रभने यति राम्री सुन्दरीसँग लखनउमा मनोरन्जन गर्न के पाउँथे होला र ? त्यस्तो सोचे र क्रमशः जिउ हल्लाउन थालें । तर सबैभन्दा खेदको कुरो चाहिँ के भयो भने मध्यरातको समयमा बीस-बाइस बसन्त पार गरेकी एउटी युवतीको ह्रृष्टपुष्ट छातीले पटकपटक मेरो शरिर शिथिल बनाउँदा म अर्कै संसारमा पुगिसकेको रहेछु । र, त्यहाँदेखि फर्केर आउँदा मेरो शरिर पसिनाले भिजेर लुथुक्रै भिजिरहेको पाएँ ।
हामी नाच्ने क्रमलाई निरन्तरता दिदै गयौं । तर मेरो हस्तरेखाहरुदेखि अनवरत रुपमा निस्केका पसिनाले उनको पाखुरा, नितम्ब, कम्बर, ढाड, तिघ्रा, पेट र नाइँटो जहाँ जहाँ छुन्थे त्यहाँ त्यहाँ भिजाइ दिइरहेको हुन्थे । मेरा हत्केलादेखि त्यतिका धेरै पसिना जिन्दगीमा सायद प्रथमचोटी निस्केका थिएँ । त्यतिका धेरै पसिनाको धनी भएपछि, ‘किन यति धेरै डराउनु हुन्छ ? तपाईको साथमा म छु र यहाँ केहि हुनेवाला छैन ।’ भन्दै उनले शान्त्वना दिने प्रयत्न गरिन । तैपनि त्यतिका धेरै पसिना छुटेपछि, ‘ल ठीक्छ एकक्षण नाँचलाई यही बिश्राम गरौ है,’ उनैले भनिन । त्यसपछि हामी नृत्यस्थल छाडेर सुस्तरी हिडदै बारको नजिकै पुग्यौ । तर त्यहाँ पुग्ने बितिक्कै उनले, ‘म एकएटक शौचालयको प्रयोग गर्छु है,’ भनिन ।
उनले त्यति भनेका मात्र के थिइन । उनका शब्दहरु हावामा बिलिन हुन पाउँदा नपाउदै टकटक हिल पडकाउदै शौचालयतर्फ लागि हालिन । त्यसपछि म त्यहाँ एक्लै पालुवा फेर्दै गरेको नग्न बृक्षझैं खडा भइरहें । तर उनी शौचालय गएको एक्कैछिनमा हान्ने गोरुझैं आँखा रातोरातो बनाउँदै निज्रा मेरो सामु डुक्राउँदै आइपुगि हालिन ।
‘नविन ! वास्तवमा जिन्दगी एकपटक मात्र जिउनु पर्छ । म यसलाई राम्ररी बुझ्दछु । तिमीले चम्कौलीलाई छुन र नाँच्न मज्जाले सक्छौ । तर जतिसुकै मनोरन्जन गरेतापनि तिमीले एउटा कुरोको चाहिँ निश्चय नै हेक्का राख्न पर्छ । मिज्राको कसम, कृपया ! उनीसँग बिस्तारा चाहिँ सेयर नगर्नु है ? यदि तिमीले उनीसँग जिउ मिसाएर बहादुरी हुने प्रयत्न गरयौ भने बिचरी मेरी बहिनीको सपना नराम्रोसँगले बिग्रने छ । अनि लखनउमा बिताएको यो कालो रातलाई मैले जिन्दगीमा कहिले पनि भुल्न सक्ने छैन । अ…अनि अर्को कुरो अब हामी सुत्न जान लागेको छौं । सायद तिमी एकछिनसम्म बस्छौ होला ? जे होस भोलि बिहान ब्रेकफास्ट टेबलमा सकुशल र एकटुक्रामा भेटन चाहन्छु, शुभ रात्री ।’
निज्रा आवेशमा आएकी थिइन । त्यति भनि राखीन र मेरो गालामा म्वाइ खाएर शुभ रात्री भन्दै लागिन । निज्राको बिलयपछि निहारिका शौचालयदेखि फर्कदै गर्दा हाम्रो टेबल खाली देखेर अतालिदै बोल्न थालिन ।
‘तपाईको साथीहरु गई सकेका हुन् कि के हो ?’
‘हो, सबै गए ।’
‘ए ! उसोभए तपाईलाई केही अफ्ठ्यारो त पर्दैन ?’
‘पर्दैन, पर्दैन,’
‘अनि सुन्नोस न बिहेको केक खानु हुन्छ ?’
‘हुन्छ नि ।’
‘म लिन जान्छु है ।’
उनी जान्छु भनेकी मात्र थिइन, हिडि हालिन र स-साना बटुकामा दुई ठाउँ केकहरु लिएर मिलिक्कै फर्किन । उनी आउने बितिक्कै एकचम्चा केक मेरो मुखमा हाली दिईन । अब त्यति आकर्षक युबतीले प्रथमचोटि केक खिलाएकी हुनाले मैले स्वाद मानीमानी खाएँ । तर उनले चाहिँ केक खाँदै नखाएको देखेपछि म तीनछक्क परें ।
‘अनि तपाई खानु हुन्न ?’ आश्चर्य प्रकट गरें ।
‘तपाईले खिलाई दिनुहुन्छ होला भनेर हो,’ थोरै मुस्कुराइन ।
‘मलाई माफ गरि दिनुहोस,’ गल्ति महसुस गरेर क्षमा मागें ।
हाते घडिले समय बिहानीको एक बजाएको थियो । प्रायजसो मानिसहरु आ-आफ्ना कोठातिर आराम गर्न लागि सकेका थिए । ‘अब हामी पनि जाउँ है,’ सुस्त स्वरमा उनले आग्रह गरिन । मलाई उनीसँग अझै धेरै समय बिताउन रहर लागिरहेको थियो तैपनि बेचैन हुँदै ‘हुन्छ’ भनेर जबाफ फर्काए । उनले छटिनुभन्दा अगाडि अन्तिम चोटी मलाई बिदाइको चुम्बन मागिन । मैले च्व च्व गर्ने बितिक्कै उनी दायाँ हात उचालेर बाई बाई भन्दै हिडिहालिन ।
निहारिकाले छाडेर गएपछि म जिन्दगीमा पहिलो चोटी एक्लो अनुभव गरिरहेको थिएँ । अझै बियर, ह्विस्की र वाइनको मिश्रणले मेरो आँखा तिरमिराउँदा झन शून्य महसुस गरिरहेका थिएँ । आँखाको थोरै फोकस मिलाएर सुस्तरी हिडदै कोठाको पुगेपछि कित्लिमा अलिकति पानी उमालेर एककप दार्जिलिङ् चिया भिजाइ दिएँ । केहीबेर अगाडि पसिनाले शरिर लुथुक्कै भिजेको थियो त्यसैले सर्लक्क एकपटक जिउलाई पखाले ।
त्यसपछि हातमा तातो चिया पक्रेर आराम कुर्सिमा मज्जाले बसें । त्यँहीदेखि लखनउको टाढा क्षितिजमा अस्ताउन लागेको जूनलाई निक्कै बेरसम्म हेरिरहें । मानिसको जिन्दगी पनि एकदिन जूनजस्तै अस्ताएर जान्छ भन्ने सोचिरहें । त्यसबेला मेरा कुहिनाहरु दुवै घुडाँमा आराम गराएर हातको पन्जाहरुले दुबै पट्टिको गाला थामेर नर्बेजियन चित्रकार एडभार्ड मङ्कको चित्र ‘चित्कार’ (द स्क्रिम) झैं बनिरहेको थिएँ । किनभने त्यसबेलासम्म मेरो मन ज्यादै उथलपुथल भइरहेको थियो र जीवनमा प्रथमचोटी त्यतिको राम्री युबतीसँग सुनौला समय बिताएको स्मरण गरिरहेको थिएँ ।
हुनत, ‘आइमाई के चाहन्छन् ?’ भन्ने प्रश्नको उत्तर मनोविश्र्लेषक फ्रायडले तीस बर्षसम्म अध्यान गरेर पनि दिन सकेका थिएनन् भने मैले जाबो दुईचार घण्टा युबतीको बहुँपासमा रुमलिन पाउँदैमा के जान्न सक्छु होला र ? भन्ने मलाई लागिरहेको थियो तैपनि म उनीप्रति बेस्सरी आकर्षित भइसकेको थिएँ ।
लखनउको समय बिहानीको दुई बजसकेको हुनुपर्छ । म कोठाको झ्यालबाट सिधै टाढाको आकाश हेरिरहँदा अचानक ढोकाबाट टकटक आवाज आयो । यतिबेला पनि को रहेछ भनेर म सुस्तरी हिडदै ढोकाको छेउमा पुगें । सेतो गाउन गर्लम्मै बेरेर निहारिका ढोकामा ठिङ्ग खडा भएकी देख्दा मेरो सातोपुत्लो उडेर गयो । ढोका खोल्ने बितिक्कै उनले –
‘नविन ! के म भित्र आउन सक्छु ?’ नरम स्वरमा आग्रह गरिन ।
‘कृपया ! आउनोस न यहाँलाई न्यानो स्वागत छ ।’ अचानक उनलाई देख्दा म अतालिएको थिएँ त्यसैले भकभक्किदै बोलें ।
तपाई र मेरो कुन दिनमा भेट भएछ । तपाईसँगको भेटघाटले मेरो सारा जिन्दगीलाई उथलपुथल बनाइ दियो । सुत्नको लागि अनेकौ प्रयत्न गरेतापनि तपाईको यादले म पटक्कै सुत्न सकिन । खै किन हो किन मेरो मनमा तपाईको कुरो मात्र खेलीरह्यो । ’
‘ए हो र ? म पनि अहिलेसम्म तपाईको बिषयमा सोच्तै थिएँ ।’
‘ल भन्नोस न मेरो बिषयमा के सोच्तै हुनुहुन्थ्यो ?’
‘तपाई एउटा सुन्दर गुलाफको फूलजस्तै अनि म त्यसको माली हुनपाए कति राम्रो हुन्थ्यो होला भन्ने सोचिरहेको थिएँ ।’
‘ए ! हो र ? अनि के तपाईलाई एउटा कुरो सोधै ?
‘भन्नोस ! के हो र ?’
‘त्यसको मतलव के तपाई मलाई मन पराउनु हुन्छ हो ?’
‘मन पराइ हाल्छु नि । किन मन नपराउनु बरु अहिले चाहिँ के पिउनु हुन्छ ?’
‘अलिकति पानी पिउछु है ।’
कोठाभित्र सानो दारु दोकान थियो जस्लाई होटलको ‘मिनीबार’ भन्ने गरिन्थ्यो । तिनै मिनीबारदेखि एक बोतल पानी निकालेर उनलाई दिएँ । उनले पानी पिउँन थालिन । उनले पानी पिउँदै गर्दा कोठाभित्रको वातावरण पूर्णतय शून्य भएको थियो । मैले त्यसबेला निक्कै टाढाको तारा प्रोक्सिमा सेन्च्युरीलाई हेर्ने प्रयत्न गरे किनभने शूर्यपछिको पृथ्वीको नजिकको तारा तिनै हुन । शूर्यदेखि पृथ्वीमा प्रकाश आइपुग्न ८ मिनेट समय लाग्छ भने प्रोक्सिमा सेन्च्युरीमा पुग्न ४ प्रकाश बर्ष लाग्दछ । वास्तवमा ब्रम्हाण्ड कति विशाल छ तर हाम्रो जिन्दगी भुसुना जस्तै हो भन्ने लागिरहेको थियो । तर निहारिकाले अचानक, ‘नविन’ भन्दै मेरो नजिकै आइन र मेरो हात समाति हालिन । मानौ केहीबेर अगाडि नृत्यस्थलमा टालिएझैं दोश्रोचोटी म सँग टालिइन र भावनामा बग्न थालिन ।
‘मेरो जिन्दगीमा अशख्या युवाहरु आए तर बीचबाटोबाट नै हराएर गए किनभने मैले आजको दिनसम्म कसैलाई मन पराउन सकेको थिइन । किनभने म अलिक चयनशील थिएँ । तर अचानक आज मलाई खै के भयो भयो ? तपाईसँगको भेटले पागल बनाइदियो । तर थाहा छैन तपाई मलाई मन पराउनु हुन्छ वा हुदैन ? यो तपाईको पाटो भयो । यदि तपाई चाहनु हुन्छ भने म तपाईको प्रेमिका बन्न तयार छु र भविष्यमा बिबाह गर्न चाहन्छु । यदि तपाई चाहनु हुन्छ भने म तपाईको बिस्तारामा तपाईसँग सुत्नको लागि तयार छु । यदि तपाई चाहनु हुन्छ भने म तपाईसँग शारिरिक सम्पर्गको लागि पूर्ण तयार छु किनभने मैले मेरो कुमारीत्व तपाईबाट नै खत्तम होस भन्ने निर्णय गरिसकें ।’
उनको कुरो सुनेर, ‘जे सुकै गरे पनि बिस्तारा चाहिँ सेयर नगर्नु है,’ निज्राको बाणीलाई एकचोटी स्मंरण गरे र रणभुलमा परिरहें । निहारिकाले त्यति भनिसकेपछि उनका हातका औलाहरु मेरो शरिरभरी चकचक गर्न थालिहाले । मलाई त्यसबेला थोरै असहज भएपनि धेरै सहज मानिरहेको थिएँ । किनभने म उनलाई भित्रभित्रै मन पराउन थालिसकेको थिएँ त्यसैले उनले जे जस्तो गरेपनि सुबानी बाछोझैं बनिरहें ।
निहारिकाले मौकाको फाइदा उठाउँदै मेरो छाती, कम्बर, पेट, ढाँड र पिढ्युँ सबैतिर छुन थालिन । एकातिर उनका हातहरुले मेरो शरिरमा जताततै चकचक गरिरहेको थियो भने अर्कोतिर उनले छाडेकी तातो तातो सास मेरो अनुहारभरी हराइरहेको थियो । मैले त्यसबेला मेरा नयनहरुको ढकनी बन्द गर्दै खोल्दै गरिरहेको थिएँ । जब उनका मुलायम हातका औलाहरु मेरा अङ्गप्रत्यङ्गमा अवतरण हुन थालेपछि, ‘निहारिका ! सायद तिमीलाई थाहा नहुन पनि सक्छ । मैले केवल तौलिया मात्र बेरिरहेको छु,’ उनको कानको नजिकै पुगेर सुस्तरी फुके ।
मेरो कुरो सुनेर उनी फिस्स मुस्कुराइन –
‘महाशय ! किन सुर्ता गर्नु हुन्छ म पनि त केवल गाउन मात्र लगाएर आएकी छु ।’
उनले त्यति भन्न पाउँदा नपाउँदै उनको गाउनले शरिरदेखि बिदा लिइहाल्यो र लथ्रक्क हुँदै भुईमा खस्यो । गाउनले उनको शरिरदेखि बिदा लिएपछि जिन्दगीमा पहिलोचोटी बाइस बर्षिय युबतीको नग्न शरिर मेरो आँखा अगाडि पर्दा मैले यस धर्तीलाई सधैको लागि बिदा गरिसकेको थिएँ ।
बानबुरी, इङ्गल्याण्ड