कांग्रेस इलाम : सभापतिमा झिनो मतान्तरले खड्काको अग्रता कायमै (हेर्नुहोस् कसको मत कति?)

  राम योङहाङ  363 पटक हेरिएको

इलाम : नेपाली कांग्रेस इलामको शुक्रबार राती अबेरदेखि सुरु भएको मतगणना जारी छ ।

खसेको एक हजार सात सय ३२ मतमध्ये पाँच सयको मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार सभापतिका उम्मेदवार डम्बरबहादुर खड्काले झिनो मतान्तरमा अग्रता कायम गरेका छन् । संस्थापन पक्षका उम्मेद्वार खड्काले २ सय ६८ मत प्राप्त गरेका छन्  । उनका प्रतिष्पर्धी संस्थापनइतरका उम्मेद्वार भेषराज आचार्यले २ सय ३० मत मात्र पाएका छन् ।
खड्कालाई संस्थापनइतरका वर्तमान जिल्ला सभापति हिमालय कर्माचार्य र संस्थापन पक्षका पूर्व सभापति केशव थापाको समेत सहयोग थियो ।

दुवै उपसभापति पदमा भने आचार्य समूहका उम्मेद्वारले अग्रता लिएका छन् । आचार्य समूहका खगेन्द्र देवानले २ सय ५६ र विष्णुकुमारी लिम्बू दहालले २ सय ३१ मत पाएका छन् । खड्का समूहका होमप्रसाद दुलालले २ सय १६ मत र केदार थापाले २ सय १० मतका साथ पच्छ्याइरहेका छन् ।

दुई सचिव पदमा आचार्य समूहका पूर्णप्रसाद गौतम २ सय ६१ मत, विष्णु हेमकुमार कार्की २ सय १३ मत, खड्का समूहका निरोज खड्कीले २ सय २६ मत र हुकुमलाल थेबेले २ सय २ मत पाएका छन् ।

त्यस्तै दुई सहसचिव पदमा खड्का समूहका डालाकुमारी कार्कीले २ सय ४८ मत, प्रविना राईले १ सय ७० मत, आचार्य समूहका देवेन्द्रकुमार सुवेदीले २ सय ३८ मत र चक्र एक्तेन (अभिषेक) १ सय ९९ मत पाएका छन् ।

त्यसैगरी २२ जना जिल्ला सदस्य, एक महाधिवेशन प्रतिनिधि (अपाङ्गता कोटा) र १४ महासमिति सदस्यको समेत मतगणना भईरहेको छ ।

एक हजार सात सय ९५ मतदाता रहेकोमा एक हजार सात सय ३२ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार