काङ्ग्रेस इलाम : सभापतिमा खड्काको अग्रता कायमै (हेर्नुहोस् कसको कति?)

  नयाँ बुलन्द
5.7k Shares

इलाम : नेपाली काङ्ग्रेस इलामको मतगणनाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार सभापतिका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता कायम राखेका छन् ।  ४ सय मतगणना गर्दा खड्काले २ सय १६ मत प्राप्त गरेका छन्  । उनका प्रतिष्पर्धी भेषराज आचार्यले १ सय ८१ मत मात्र पाएका छन् ।
खड्का सस्थापन पक्षमा उम्मेदवार हुन् भने आचार्य सस्थापनइतरका हुन् । खड्कालाई सस्थापनइतरका वर्तमान जिल्ला सभापति हिमालय कर्माचार्य र सस्थापन पक्षकापूर्व सभापति केशव थापाको समेत सहयोग थियो ।
एक हजार सात सय ९५ मतदाता रहेकोमा एक हजार सात सय ३२ मत खसेको थियो ।
हेर्नुस् पदाधिकारीको मतपरिणाम :
सभापति :
१. डम्बरबहादुर खड्का : २१६ मत
२. भेषराज आचार्य : १८१ मत
उपसभापति :
१. केदार थापा : १६८ मत
२. खगेन्द्र देवान : २०५ मत
३. विष्णुकुमारी लिम्बू दहाल : १८५ मत
४. होमप्रदाद दुलाल : १७१ मत
सचिव :
१. निरोज खड्की : १६८ मत
२. पूर्णप्रसाद गौतम : २०६ मत
३. विष्णु हेमकुमार कार्की : १७२ मत
४. हुकुमलाल थेबे : १६१ मत
सहसचिव :
१. चक्र एक्तेन (अभिषेक) : १६५ मत
२. डालाकुमारी कार्की : १९१ मत
३. देवेन्द्रकुमार सुवेदी : १८७ मत
४. प्रविना राई : १३० मत
त्यसैगरी २२ जिल्ला सदस्य, एक महाधिवेशन प्रतिनिधि (अपाङ्गता कोटा) र १४ महासमिति सदस्यको समेत मतगणना भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार