काङ्ग्रेस इलाम : प्रारम्भिक मतपरिणाम सार्वजनिक, खड्काको सुरुवाती अग्रता (मतपरिणाम सहित)

  नयाँ बुलन्द
1.7k Shares

इलाम : नेपाली काङ्ग्रेस इलामको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
प्रारम्भिक मतपरिणाम अनुसार सभापतिका उम्मेदवार डम्बरबहादुर खड्काले सुरुवाती अग्रता लिएका छन् ।  १०० मतगणना गर्दा खड्काले ६२ मत प्राप्त गरेका छन्  । उनका प्रतिष्पर्धी भेषराज आचार्यले ३६ मत मात्र पाएका छन् ।
खड्का सस्थापन पक्षमा उम्मेदवार हुन् भने आचार्य सस्थापनइतरका हुन् । खड्कालाई सस्थापनइतरका वर्तमान जिल्ला सभापति हिमालय कर्माचार्य र सस्थापन पक्षकापूर्व सभापति केशव थापाको पनि सहयोग छ ।
एक हजार सात सय ९५ मतदाता रहेकोमा एक हजार सात सय ३२ मत खसेको थियो ।
हेर्नुस् सबैको मतपरिणाम :
सभापति :
१. डम्बरबहादुर खड्का : ६२ मत
२. भेषराज आचार्य : ३६ मत
उपसभापति :
१. केदार थापा : ४४ मत
२. खगेन्द्र देवान : ४९ मत
३. विष्णुकुमारी लिम्बू दहाल : ३९ मत
४. होमप्रदाद दुलाल : ४९ मत
सचिव :
१. निरोज खड्की : ४४ मत
२. पूर्णप्रसाद गौतम : ५७ मत
३. विष्णु हेमकुमार कार्की : ३४ मत
४. हुकुमलाल थेबे : ३९ मत
सहसचिव :
१. चक्र एक्तेन (अभिषेक) : ३८ मत
२. डालाकुमारी कार्की : ५५ मत
३. देवेन्द्रकुमार सुवेदी : ४१ मत
४. प्रविना राई : ३५ मत
त्यसैगरी २२ जिल्ला सदस्य, एक महाधिवेशन प्रतिनिधि (अपाङ्ग) र १४ महासमिति सदस्यको समेत मतगणना भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार