इलाम काङ्ग्रेस : मतगणना सुरु

  नयाँ बुलन्द  324 पटक हेरिएको

इलाम : नेपाली कांग्रेस इलामको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा मतगणना सुरु भएको हो ।
नयाँ नेतृत्वका लागि शुक्रबार सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा मतदान भएको थियो ।
एक हजार सात सय ९५ मतदाता मध्ये एक हजार सात ३२ मत खसेको थियो ।
जिल्ला एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव, २१ कार्यसमिति, एक महाधिवेशन प्रतिनिधि (अपाङ्ग) र १४ महासमिति सदस्यका लागि मतदान भएको थियो ।
निर्वाचनमा पार्टीको नेतृत्वका लागि दुई प्यानलले प्रतिष्पर्धा गरिरहेका छन् । सभापति पदका लागि भेषराज आचार्य र डम्बर खड्का चुनावी मैदानमा उत्रिएका छन् । आचार्य रामचन्द्र पौडेल निकट र खड्का प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा निकट उम्मेदवार हुन् ।
खड्कालाई वर्तमान सभापति हिमालय कर्माचार्य र पूर्व सभापति केशव थापाको समेत समर्थन छ ।
पदाधिकारीसहित सबै पदमा दुई प्यानलअनुसार नै प्रतिष्पर्धा भएको थितो । दुई उपसभापति पदका लागि चार जना चुनावी मैदानमा छन् । आर्चायको प्यानलबाट खगेन्द्र देवान र बिष्णुकुमारी लिम्बू दाहाल तथा कर्माचार्य-खड्का-थापा प्यानलबाट केदार थापा र होमप्रसाद दुलाल चुनावी मैदानमा छन् ।
दुई सचिव पदका लागि पाँच जना चुनावी मैदानमा छन् । आचार्यको प्यानलबाट पूर्णप्रसाद गौतम र विष्णु हेमकुमार कार्की तथा कर्माचार्य-थापा-खड्का प्यानलबाट वर्तमान सचिव निरोज खड्की र हुकुमलाल थेबे चुनावी मैदानमा छन् ।
त्यस्तै दुई सहसचिव पदका लागि समेत चार जना चुनावी मैदानमा छन् । सहसचिव पदमा आचार्य प्यानलबाट चक्र येक्तेन (अभिषेक) र देवेन्द्रकुमार सुवेदी तथा कर्माचार्य-थापा-खड्का प्यानलबाट प्रविना राई, र डालाकुमारी कार्की चुनावी मैदानमा छन् ।
शनिबारसम्म मतपरिणाम सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार