मेरो हातमा सरकार नभएपनि यो सरकार नचाइरहन्छु : ओली

चितवन : पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री नभएपनि यो सरकारलाई आफैँले नचाइरहेको दाबी गरेका छन् ।

आज चितवनमा आयोजित एमाले १० औँ महाधिवेशनमा बोल्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री नभएपनि हालका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार आफ्नो हातमा रहेको भन्दै आफूले चाहे कठपुतली जस्तै नचाइरहने दाबी गरेका हुन् । प्रधानमन्त्री देउवालाई मञ्चमा राखेर ओलीले सरकारलाई आफूले कठपुतली जस्तै नचाइदिने र नचाइरहेको बताए।

उनले प्रधानमन्त्रीले चाहेर पनि राम्रो काम गर्न नसक्ने बताए । उनले शान्ति प्रक्रियालाई सही ढंगले टुंगो लगाउन सहयोग गर्ने भन्दै यसलाई टुंगोमा लैजान आग्रह पनि गरे । उनले हजारौँ पूर्वलडाकूलाई आफ्नो पार्टीमा प्रवेश गराउनेसमेत दाबी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार