पक्षपात देखिएपछि नेकपा इलामले रोक्यो शिक्षक नियुक्ति

  नयाँ बुलन्द
1k Shares

इलाम : माई नगरपालिकास्थित तीनवटा विद्यालयमा प्रावि शिक्षकको करार नियुक्ति प्रक्रियामा पक्षपातपूर्ण तरिकाले परीक्षा लिन खोजिएको भन्दै नेकपा इलामले रोक लगाएको छ ।

आदर्श बुद्ध प्रावि, अम्बिसे भञ्ज्याङ प्रावि, लक्ष्मी आदर्श मावि महमाईमा प्रावि तहमा करार शिक्षक नियुक्ति गर्ने परीक्षामा एमाले पार्टीका स्थानीय नेताले आफ्ना कार्यकर्तालाई मिलोमतोमा नियुक्त गर्न खोजेपछि स्थानीय बासिन्दाले व्यापक जनगुनासो गर्दै नेकपासँग सहयोग मागेका थिए । नेपाल कम्युनिस्ट पार्टी इलामले जनताको गुनासो आएपछि चेतावनीसहित नियुक्तिप्रक्रिया रोकिदिएको हो । नेकपाले निष्पक्ष परीक्षा लिएर मात्र नियुक्ति दिन सम्बन्धित सरोकारवालाहरुलाई सुझाएको छ ।

निष्पक्ष परीक्षा गराउन विज्ञहरुसँग छलफल भैरहेको नेकपा इलामका सेक्रेटरी मौसमले बताएका छन् । मौसमका अनुसार जिल्लामा यस्ता समस्या धेरै आएका छन् । ‘क्षमता भएका कयौँ शिक्षकहरु पाखा लगाइँदैछन् । प्रशासनिक पहुँच भएका दलहरुले आफ्ना कार्यकर्ताहरुलाई जागिरमा भर्ती गराउने खेल भएको छ’, उनले भने, ‘पार्टीले जिल्लामा भैरहेका यस्ता बेथिति र अन्याय रोक्न सशक्त पहल लिनेछ ।’ई-रातो खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार