पाँचथरमा जंगली जनावरको आक्रमणबाट एक व्यक्ति घाइते

  युद्धबहादुर बोहोरा  223 पटक हेरिएको

(साँकेतिक तस्वीर )

 

पाँचथरः जंगली जनावर (भालु)को आक्रमणबाट फालेलुङ गाउँपालिका ३ निवासी ७० वर्षिय राम कुमार राई घाइते भएका छन् ।
विहिबार बिहान ७ बजे घरदेखि ३ किलोमिटर टाढा भ्याक्टे जंगलमा गाईबस्तु लिएर जाने क्रममा भालुले आक्रमण गर्दा शरिरका विभिन्न भागमा चोट लागी घाइते भएको र उनको तत्काल अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ ।

भालुले आक्रमण गरेको खबर थाहा पाएपछि इलाका प्रहरी कार्यालय मेमेङका प्रहरी नायव निरिक्षक राजन खड्काको कमाण्डमा खटिएको टोलीले उद्दार गरि घाइतेलाई जिल्ला अस्पताल पाँचथर पठाइएको प्रहरी कार्यालयले जानकारी दिएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार