पाँचथरमा ट्याक्टर दुर्घटना,एकको मृत्यु

  नयाँ बुलन्द
721 Shares

पाँचथरः याङ्वरक गाउँपालिका वडा नम्बर १ चिवाभञ्ज्याङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक सोही पालिका वडा नम्बर २ बस्ने ३३ वर्षीय नवराज बेघा रहेका छन् ।

बुधबार बिहान करीब ८:३० बजे भित्री सडक खण्डमा चिवाभञ्ज्याङबाट च्याङथापु तर्फ आउँदै गरेको प्र १–०१–००१ त ९५६२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट एक सय मिटर तल झरी दुर्घटना भएको जिल्ला प्रहरी पाँचथरले जानकारी गराएको छ ।

शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्ट मार्टमको लागि जिल्ला अस्पतालमा ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथर प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार