इलाम क्षेत्र नम्बर १ : सभापतिमा राईको अग्रता कायमै (मत परिणामसहित)

  नयाँ बुलन्द
546 Shares

इलाम : नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।  पछिल्लो मतपरिणाममा शससेर राईले अग्रता कायम गरेका छन् । हालसम्म ६०० मतगणना भइसक्दा राईले २१४ मत ल्याएका छन् । उनलाई भीष्म प्रधानले १८२ मतका साथ पछ्याइरहेका छन् । तेस्रोमा दुर्गाकुमार बरालले १५३ र चौथोमा मिलन क्षेत्रीले १४ मत ल्याएका छन् ।

राई जिल्ला सभापति पदका उम्मेद्वार भेषराज आचार्य निकट, प्रधान सभापति पदका उम्मेद्वार डम्बर खड्का निकट, बराल वर्तमान सभापति समेत रहेका सभापति पदका उम्मेद्वार हिमालय कर्मचार्य निकट र क्षेत्री पट्ठर्वसभापति एवम् सभापति पदका उम्मेद्वार केशव थापा निकटका उम्मेद्वार हुन् ।

७३४ मतदाता रहेकोमा सोमबार भएको निर्वाचनमा ७११ मत खसेको थियो ।

हेर्नुहोस् मत परिणाम :

१. सभपति

शमसेर राई : २१४ मत

भीष्म प्रधान  : १८२ मत

दुर्गाकुमार बराल : १५३ मत

मिलन क्षेत्री : १४ मत

२. सचिव

एन्जेस येक्तेन : १७७ मत

तारानाथ अधिकारी : १३७ मत

नेत्रप्रसाद रिजाल  : १७० मत

यामन लामा : १९२ मत

राजकुमार लिम्बू (सेरेङ) : २१६ मत

सच्चिदानन्द पौडेल : १४३ मत

३. सहसचिव

कुलप्रसाद पौडेल : १६४ मत

खड्गप्रसाद खतिवडा : १५८ मत

प्रज्जवल भट्टराई : २५५ मत

बुद्धराज लिम्बू : २२४ मत

भोजबहादुर भट्टराई : १३९ मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार