काग्रेस इलाम क्षेत्र नम्बर २ : सभापतिमा इदिङ्गो ९८ मतले अगाडि (मत परिणामसहित)

  नयाँ बुलन्द  350 पटक हेरिएको

इलाम : नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।  पछिल्लो मतपरिणाममा डिकेन्द्र इदिङ्गोले प्रतिष्पर्धी नुतनदेव दुलालभन्दा ९८ मत अन्तरले अग्रता लिएका छन् । हालसम्म ७४१  मतगणना भइसक्दा इदिङ्गोले ३१० मत ल्याएका छन् । उनलाई दुलालले २१२ मतका साथ पछ्याइरहेका छन् । तेस्रोमा नरेश श्रेष्ठले १३७ र चौथोमा मनकुमार बुढाथोकीले ५० मत ल्याएका छन् ।

१ हजार ६५ मतदाता रहेकोमा सोमबार भएको निर्वाचनमा १ हजार ४८ मत खसेको थियो ।

हेर्नुहोस् मत परिणाम :

१. सभपति

डिकेन्द्र इदिङ्गो : ३१० मत

नरेश श्रेष्ठ : १३७ मत

नुतनदेव दुलाल : २१२ मत

मनकुमार बुढाथोकी : ५० मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार