पाँचथर: नेपाली काँग्रेस पाँचथरको जिल्ला सभापतिमा रुपनारायण जवेगु विजयी भएका छन् । मंगलबार फिदिममा सम्पन्न अधिवेशनवाट २१८ मतको फराकिलो अन्तरमा निकटतम प्रतिद्वन्दी सुरेन्द्र कुमार दाहाललाई पराजित गर्दै काँग्रेस जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।
जवेगुले ६३४ मत ल्याउँदा उनका प्रतिस्पर्धी दाहालले ४१६ मत ल्याएका छन् । उपसभापतिमा बृजहाङ आङ्देम्बेले ६२५ र डिकेन्द्र चेम्जोङ ४५१ मत प्राप्त गर्दै विजयी भएका छन् । उनीहरु दुवै दाहाल टिमबाट उम्मेद्वारी थिए । पराजित अर्का उम्मेद्वार मणिचन्द्र चेम्जोङले ४३३ र समर अधिकरीले ४४० मत प्राप्त गरेका हुन् ।
यस्तै, सचिव पदमा जवेगुको टिमबाट दीपक नेपालले ५२७ मत र दाहाल टिमका डेकेन्द्र कुमार तामाङले ४७० मत सहित सचिव पदमा निर्वाचित भएका छन् । नेपाल जवेगु प्यानल र तामाङ दाहालबाट प्रतिस्पर्धामा उत्रिएका थिए । सचिव पदका धनराज तुम्बापो,सुबराज थापा र एकराज नेम्बाङले क्रमशः ४१४,३७७ र १५६ मत हाँसिल गरे । सहसचिव पदमा सन्तोष श्रेष्ठले ६०८ मत र गजेन्द्र राईले ४९९ मत सहित विजयी भए । सहसचिव पदमा कृष्णकुमार फियाकले ३७० र धनसिङ नेम्बाङले ४३० मत ल्याएका छन् ।
जिल्ला सदस्य समावेशी खसआर्यबाट गणेश प्रसाद पोख्रेलले ४८०,समावेशी आदिवासी खुल्ला तर्फबाट देउ कुमार योङ्हाङले ४८४,धनकुमार लावतीले ५२८,सशीराज आङ्देम्बेले ४४० र बिजयहाङ् आङ्देम्बेले ५३६ मत सहित निर्वाचित भएका छन् ।
फिदिम नगरपालिका तर्फबाट जिल्ला सदस्य महिलामा बिमला हाङ्सरुम्बा(सुब्बा)ले ५७४,नगरपालिका खुल्लाबाट रमेश भगत प्रधानाङ्कले ४६२,राज कुमार नेम्बाङले ५१९ मत हाँसिल गर्दै विजयी भएका हुन् । त्यस्तै, याङ्वरक गाउँपालिकाबाट महिला दिला खेवाङले ४९० र खुल्ला तर्फ मविन्द्र योङ्याले ५२८ प्राप्त गर्दै सदस्यमा चुनिए । यसैगरी,फाल्गुनन्द गाउँपालिकाबाट खुल्ला तर्फ चन्द्र कुमार आङ्देम्बेले ४९८, मिक्लाजुङ गाउँपालिकाबाट खुल्ला तर्फ बिरेन्द्र शेर्मा ५२०, तुम्वेवा गाउँपालिकाबाट महिला तर्फ लिला राईले ५१०,तुम्वेवा गाउँपालिकाबाट खुल्ला दिलेन्द्र कुमार शेर्माले ४५१, कुम्मायक गाउँपालिकाबाट महिला तर्फ मनु कुमारी शेर्माले ६६०, कुम्मायक गाउँपालिकाबाट खुल्ला गोविन्द बहादुर फुयलले ४६१ मत सहित जिल्ला सदस्यमा विजयी भएका छन् ।