महाधिवेशन प्रतिनिधिमा डम्बर खड्काको अग्रता

  नयाँ बुलन्द
7.7k Shares

इलाम : पछिल्लो  मत गणनाअनुसारर क्षेत्र नं। १ को महाधिवेशन प्रतिनिधिमा खुलातर्फ पुनस् जिल्ला सभापतिका उम्मेदवार डम्बर खड्काले अग्रता देखाएका छन् । सुरुवाती पाँच सय मत गणना गर्दा ३०५ मत प्राप्त गरेका छन् । यस्तै, दोस्रो मत इलामका पुराना कांग्रेस नेता तोयानाथ भट्टराईको २५० मत प्राप्त भएको छ । यस्तै तेस्रो बेनुपराज प्रसाईको मत २४९ मत प्राप्त गरेका छन् । यस्तै, महाधिवेशन प्रतिनिधि खस आर्य कोटामा सञ्जीव ढकालको १६८ मत, दुर्गा सुवेदी १३९, देवेन्द्र सुवेदी १२८ मत प्राप्त गरेका छन् । सात जनाको उम्मेदवारी परेकोमा दुई जना खस आर्यबाट प्रतिनिधि चुनिने छन् ।
खुला महिला
यस्तै,खुला महिलामा हरिकला श्रेष्ठको २७२ मत, उत्तमकला श्रेष्ठ १८९ मत ल्याएका छन् ।
आदिवासी जनजाति
आदिवासी जनजातितर्फ ध्रुव राईले १९८ मत ल्याएर अग्रता कायम गरेका छन् भने जंगबहादुर गुरुङले १९४ मत ल्याएका छन् ।
आदिवासी जनजाति महिला
आदिवासी जनजाति महिलातर्फ चन्द्रकला राईले २४१ मत ल्याएर अग्रता देखाएकी छन् भने दोस्रोमा मेनुका प्रधानले २०७ मत ल्याएकी छन् । तेस्रो मत पविना राईले १९६ मत ल्याएकी छन् । आदिवासी जनजाति महिलाबाट तीन जना प्रतिनिधि चुनिने छन् ।
दलित प्रतिनिधि
दलित प्रतिनिधितर्फ जीवन नेपालीले २१३ मत ल्याएर अग्रता देखाएका छन् भने दोस्रो मत ग्रीष्म मोहतेले १४० मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार