शौचालय जाँदा लडेर वडाध्यक्षको ज्यान गयो

  नयाँ बुलन्द
7 Shares

बुटवल : बुटवल उपमहानगरपालिका वडा नम्बर-३ का वडाध्यक्ष लालप्रसाद बस्यालको ज्यान गएको छ।

सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर उनको ज्यान गएको बुटवल- १ का वडाध्यक्ष महेन्द्र लिगलले जानकारी दिए।

शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको थिए।

७३ वर्षीय बस्याल पछिल्लो समय क्यान्सर रोगबाट पीडित थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार