इलाममा सडक पेटीमै हाटबजार

  नयाँ बुलन्द
245 Shares

इलाम । इलाममा लाग्ने साप्ताहिक हाटबजार व्यवस्थित बन्न सकेका छैनन् । ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज खरिद बिक्री हुने ऐतिहासिक महत्व बोकेका हाटबजार लाग्ने ठाउँ व्यवस्थित नहुँदा सडक पेटीमै हाटबजार लाग्न थालेको हो ।

इलामको फिक्कल बजार सूर्योदय नगरपालिकाको मुख्य केन्द्र हो । नगर क्षेत्रका १४ वडाका नागरिकको दैनिक आवतजावत बाक्लै हुन्छ । झापादेखि ताप्लेजुङ्ग जोड्ने मेचीराजमार्ग फिक्कल बजार भएर छुट्टिन्छ । तराईदेखि पहाड र पहाडदेखि तराई झर्ने यात्रुको खाजा, खाना र कोसेली खरिद बिक्रि गर्ने बजार भएकाले चहलपहल सधैजसो बाक्लो हुन्छ ।

दैनिक सयौँ सवारीसाधनको आवातजावत हुने मेचीराजमार्गको दायाँबायाँ किनार र पेटी मै साप्ताहिक हाटबजार लाग्न थालेपछि फिक्कल बजार क्षेत्रमा ट्राफिक जामले हैरानी खेलाएको छ । राजममार्गमै साप्ताहिक हाट बजार लाग्दा सावारीसाधन पास गराउन ट्राफिक प्रहरीलाई हम्मे हम्मे परेको छ ।

७ दशक अघिदेखि फिक्कलमा प्रत्येक बिहिबार साप्ताहिक हाटबजार लाग्दै आएको छ । पुरोना बजारमा लाग्ने हाटबजार अहिले स¥दै–स¥दै मेची राजमार्गमा पुगेको हो । व्यवस्थित रुपमा हाटबजार नभएपछि राजमार्गमा नै बजार लाग्दा ट्राफिक व्यवस्थापनसँगै सर्वसाधारणको यात्रा झनै सकसपूर्ण हुने गरेको स्थानीय बिष्णुप्रसाद मैनालीको दुःखेसो छ ।

फिक्कलमा साप्ताहिक हाटबजार स्थापनाको शुरुवाती दिनमा ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको कृषि उपज मात्रै खरिदबिक्रि हुन्थ्यो । तर अहिले नेपालको तराई, भारतको दार्जिलिङ र भुटानसम्मका व्यापारीहरु खरिदबिक्रीका लागि आउ– जाउँ गर्ने गरेका छन् । बजारमा नेपालसँगै भारत र भुटानमा उत्पादित कृषि उपज, लत्ता कपडा, कृषि औजार र दैनिक उपभोग्य सामग्रीको खरिद बिक्री हुँदै आएको छ ।

स्थानीय कृषि उपज खरिद बिक्री हुँदै आएको अवस्थामा फिक्कलमा बजार बस्ने ठाउँ पर्याप्त नै थियो । आन्तरिक र बाह्य देशका व्यापारीहरु आएपछि घञ्चमञ्च बढेको मात्र छैन ठाउँ अभावले सडकमै बजार लाग्दै आएको सथानीय व्यवसायी पुजन प्रधानले बताउनुभयो । राजमर्ग र सडकमा हाटबजार लाग्दा सडक दुर्घटनाको जोखिम पनि बढेको छ । त्यसैलेपनि ब्यवस्थित हाटबजारकोलागि नगरपालिकाले छुट्टै जमिनको खोजि गरि हाटबजार व्यवस्थित गर्न अब बिलम्ब गर्नु हुन्न ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार