इलाम र पाँचथरका प्रदेश सभामा महिला नेतृ, दुवै “मैया” क्षेत्रिय सभापतिमा निर्वाचित

  युद्धबहादुर बोहोरा
1.8k Shares

इलाम/पाँचथरः नेपाली काँग्रेसको १४ औं अधिवेशनबाट इलाम र पाँचथरका प्रदेश सभामा दुवै “मैया” नाम गरेका क्षेत्रिय सभापति निर्वाचित भएका छन् । इलाम निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा क्षेत्र १ ‘क’ को क्षेत्रिय सभापतिमा मैया लिम्बु निर्वाचित भइकी छिन् भने सोही नामकी पाँचथर प्रदेश सभा ‘ख’ को सभापतिमा महिला नेतृ मैया श्रेष्ठ लावती विजयी भएकी हुन् ।
इलाममा शुक्रबार भएको प्रदेश सभा क्षेत्रिय निर्वाचनमा तीन जना बीच भएको भिडन्तमा मैया लिम्बु १२३ मत प्राप्त गर्दै विजयी भएकी हुन् । जम्मा खसेको कुल ३४७ मत मध्ये लिम्बुले १२३ मत प्राप्त गरिन् । अर्का सभापतिका उमेद्वार पुनम गुरुङले १०४ र अर्का सभापतिका उमेद्धारले ८१ मत प्राप्त गरेका थिए ।

उपसभापतिमा ज्ञान बहादुर राई र मोहन गुरुङ विजयी भए भने सचिवमा कुसुम दाहाल र मनोज लेप्चा विजयी भएका छन् । सहसचिवमा मख्खन गुरुङ र सीता घिसिङ राई निर्वाचित भएका छन् । शुक्रबार दिउँसो फिक्कलमा भएको मतदानको मत परिणाम शनिबार बिहान सार्वजनिक भएको हो ।

पाँचथर प्रदेश सभा को क्षेत्रीय सभापतिमा महिला नेतृ मैया श्रेष्ठ लावतीले २७३ मत प्राप्त गर्दै ४९३ जनाले गरेको मत परिणाममा आफ्ना सभापतिका प्रतिस्पर्धी नगेन्द्र लामालाई ६४ मतको फराकिलो मतान्तरले पराजित गरेकी हुन । लामाले २०९ प्राप्त गरे । जित बहादुर भण्डारी(जितेन्द्र) ले २७४ मत र तेजवहादुर चेम्जोङ(तेजु) ले सर्वाधिक लोकप्रिय २९१ मत प्राप्त गर्दै उपसभापति पदमा निर्वाचित भए । अर्का उपसभापति पद उम्मेद्वार गणेश मिश्र र महेन्द्र कुमार आङ्देम्बेले क्रमशः११२ र १८६ मत प्राप्त गरेका छन् । सहसचिवमा ज्योती प्रभा भण्डारी र नरेन्द्र शेर्मा विजयी भएका छन् । भण्डारीले २७२ र शेर्माले २४२ मत प्राप्त गरे ।

सहसचिव पदका गोपाल घिमिरे र भीम प्रसाद हुँमागाईले क्रमशः१८० र १४५ मत हाँसिल गरे । २०७४ साल देखि क्रियासिल राजनितीमा लागेकी ३६ वर्षिय सभापति लावती समाजसेवामा सकृय छिन् । स्नातकतह सम्मको अध्ययन गरेकी लावती पाँचथर समाज काठमाण्डौ सम्पर्क समिति,रवि महाभारा समाज काठमाण्डौ संस्थामा आवद्ध छिन् । उनी  लायन्स क्लब अफ काठमाण्डौ उपकार संस्थाको अध्यक्ष छिन् । नेपाली काँग्रेस आदिवासी जनजाती विभाग केन्द्रिय सदस्य,नेपाली काँग्रेस पाँचथरको आर्थिक समिति सदस्य समेत रहेकी लावती पाँचथर कांग्रेसको इतिहासमा क्षेत्रिय सभापति बन्ने पहिलो महिला हुन् । पाँचथर जिल्ला सभापति पदका उम्मेद्वार सुरेन्द्र दाहाल निकट लावतीले सबैलाई समेटेर आगामी दिनमा पार्टीलाई आफ्नो क्षेत्रमा शसक्त बनाउने प्रतिवद्ता जाहेर गर्दै उनले क्षेत्रिय कार्यसमितिको पार्टी कार्यालय निर्माण गर्न निःशुल्क जग्गा प्रदान गर्ने घोषणा गरेकी छिन् ।शनिबार दिउँसो घुर्बिसे पञ्चमीमा भएको मतदानको मत परिणाम आइतवार बिहान सार्वजनिक भएको हो । सचिव पदमा भरत तुम्वापो र भक्त लावती निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, प्रदेश सभा को सभापतिमा भगिश्वर योङहाङ विजयी भएका छन् । ५७२ जनाले गरेको मत परिणाममा आफ्ना प्रतिश्पर्धी कुमार राई (प्रताप)लाई ३२ मतले पराजित गर्दै योङहाङ विजयी भएका हुन । सचिवमा सुन्दर आचार्य र सन्तोष मोक्तान विजयी भएका छन । सहसचिवमा नरेन्द्र पन्थाक र सुन्दर थोक्लिहाङ विजयी भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचित सवै पदाधिकारी रुपनारायण जवेगू निकट हुन् । उपसभापति पदमा सोहि समूहका भरत खपाङगी निर्विरोध निर्वाचित भएका थिए । पाँचथर काँग्रेसको जिल्ला अधिवेशनमा रुपनारायण जवेगू र सुरेन्द्रकमार दाहाल चुनावी मैदानमा कडा प्रतिस्पर्धामा उत्रिएका छन्  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार