कांग्रेस महाधिवेशन : सरकारी तलबभत्ता र सुविधा नलिएका इलामका नरेश श्रेष्ठ चर्चामा

  नयाँ बुलन्द
3.7k Shares


इलाम : स्थानीय तहका अधिकांश जनप्रतिनिधि जनताको दुःख भुलेर सुखसयलमा रमाउन तल्लीन छन् । नयाँ–नयाँ महँगा गाडी चढ्न तँछाडमछाड गरिरहेका छन । तालिमको नाममा चर्को भत्ता खाइरहेका छन् । गाउँमा हुने विकासका नाममा आफ्नै लगानीमा डोजरलगायत निर्माण सामग्री खरिद गरेर अनियमितता गर्ने र नातागोता र आफन्तलाई जागिर खुवाउन सक्रिय हुने उत्तिकै छन् । यस्ता क्रियाकलापले आफ्नैै मतदातामाझ धेरै जनप्रतिनिधि आलोचित भएका छन् । तर, यो भिडमा केही जनप्रतिनिधि यस्ता पनि छन्, जसले राज्यबाट पाउने तलबसुविधा नै लिएका छैनन् । केही जनप्रतिनिधिले कानुनबमोजिम पाएको तलबभत्ता र सुविधा पनि सामाजिक सेवामा खर्चिएका छन् ।

पाँचवर्ष सम्म पाएको सेवा सुविधा सामाजिक काममानेपाली काँङ्ग्रेस इलामको १४औं महाधिवेशन

इलाम नगरपालिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठले आफु जनप्रतिनिधि भएपश्चात जनताको सेवा गर्न आएको भन्दै सेवा सुविधा नलिने घोषण गरे । तर कानुनी प्रक्रिया अनुसार उनको खातामा जम्मा भएको पाँचलाख रुपैयाँ रकम सामाजिक काममा खर्चिएका छन । यतिमात्र होईन इलाम नगरपालिकाले वडाध्यक्षको लागि खरिद गरेको मोटरसाईकल पनि चडेनन ।  उनी भन्छन ‘हामि जनताको सेवा गर्न आएका हौ त्यसैले जनभावना अनुसार सेवा गर्नुपर्छ ’

उनको सेवासुविधा वापत खातामा जम्मा भएको पाँचलाख रुपैयाँ मध्ये एक लाख रुपैया पालिकाको पार्टि कार्यलय व्यवस्थापन र विभिन्न चुनावको लागि सहयोग गरेको श्रेष्ठ बताउछन । बाँकी रकम मध्ये दुई लाख रुपैयाँ इलाम बजारको माईस्थान मन्दिरमा रहेका परेवाका लागि चारो खरिदगर्न निर्माण भएको अक्षयकोषमा लगाए भने दुईलाख रुपैयाँ जिल्ला पार्टि कार्यलय निर्माणमा छुट्याएका छन । उनी नेपाली काँग्रेसबाट वडाध्यक्ष जितेका हुन । उनी २०४६ सालको विद्यार्थि आन्दोलनबाट राजनितिमा होमिएका हुन । नेपाल तरुनदल इलामका अध्यक्ष रहेका श्रेष्ठ यतिबेला नेपाली कांग्रेसको १४ औ अधिवेशनमा इलामकाे क्षेत्र न २ काे क्षेत्रीय सभापति पदकोे उमेद्वार पनि घोषण गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार