प्रमुख जिल्ला अधिकारी घिमिरेको पहलमा सफा बजार अभियान ।।

  टीआर सेनेहाङ  552 पटक हेरिएको

तेह्रथुम , ३ मंसिर
तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेको पहलमा सदरमुकाम म्याङ्लुङ बजार स्वच्छ र सफा अभियान थालिएको छ । अभियान स्वरुप जिल्ला प्रसासन र म्याङ्लुङ नगरपालिकाको सयुक्त आयोजनामा सनिवार बजार सरसफाइ गरिएको छ ।

बजार क्षेत्रहरु म्याङलुङ्ग बसपार्क, सिंहवाहिनी मन्दिर, जिल्ला अस्पाताल, टुँडिखेल, पुतली बजार, कृषि टोल लगायत स्थानमा सरसफाई गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश न्यौपानेले जानकारी दिनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारण समेतको सहभागिता रहेको सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी घिमिरे,म्याङ्लुङ नगरपालिकाका प्रमुख संजयकुमार तुम्बाहाङ्फे,जिल्ला समन्वय समिति प्रमुख शिव ढुंगाना लगायतको सहभागीता थियो ।

सरसफाई कार्यक्रमलाई निरन्तरता दिन बजार बासी र सर्वसाधारणलाई प्रजिअ घिमिरेले आग्रह समेत गर्नु भएको छ । यसअघि प्रजिअ घिमिरेले मध्यपहाडी लोकमार्ग समय मै निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनी हरु लाई निर्देशन दिनुभएको छ । उहाँको निर्देशन पश्चात् सडक निर्माणको कार्यले तीव्रता पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार