इलाम २ ‘क’ को सभापतिमा चौहान
इलाम : इलाम सदरमुकाम समेत रहेको इलामको क्षेत्र नम्बर २ ‘क’ को नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचनको क्षेत्रीय सभापतिमा गोपाल चौहान निर्वाचित भएका छन् । चौहानले जिल्ला सभापतिको आकाक्षी भेषराज आचार्यको समुहबाट जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिएका थिए । इलाममा जिल्ला सभापतिका चार आकाक्षीहरुले मातहतको समितिहरुमा आ–आफ्नो समुह बनाएर चुनावी मैदानमा होमिएका छन् ।
जिल्ला सभापति हिमालय कर्मचार्य, जिल्ला सभापतिका आकाक्षी केशव थापा, भेषराज आचार्य र डम्बर खड्काले प्यानलै बनाएर चुनावमा उत्रिएका छन् । चौहानले दुईसय २९ मत ल्याएर सभापति जितेका हुन् । नेपालटारमा सम्पन्न अधिवेशनको मतपरिणाम अनुसार चौहानका निकटम प्रतिष्पर्धी राजेन्द्र बाँस्तोलाले एक सय ६० प्राप्त गरे । बास्तोला जिल्ला सभापति हिमालय कर्मचार्य निकट मानिन्छन् । चार प्रतिष्पर्धी मध्ये श्यामकुमार श्रेष्ठले ९८ मत पाए । उनी डम्बर खड्का निकट मानिन्छन् । त्यस्तै माधव बस्नेतले ८० मत पाएका छन् । उनी केशव थापा निकट हुन ।
उपसभापतीमा दुई सय ४४ मत सहित विष्णु सुब्बा र दुई सय ३५ मत पाएर मनकुमार गुरुङ निर्वाचित भएका छन् । उपसभापतिका प्रतिष्पर्धी कमलमणी खनालले एक सय ३१, सुतिता श्रेष्ठ कर्माचार्यले एक सय २४, शिवराज घिमिरेले एक सय ११ र शोभावती खत्री कार्कीले एक सय ३ मत पाएका छन् ।
दुई सचिवमा श्री बहादुर बिष्ठ र दिपेश खत्री विजयी भएका छन् । बिष्टले दुई सय ६७ र खत्रीले दुई सय २४ मत प्राप्त गरे । उनिहरूका प्रतिपष्र्धी गजेन सुब्बाले एक सय ४५, बिनोद न्यौपानेले एक सय ३१, मोहन पराजुली एक सय १४ र सन्तोष राईले ८० मत पाएका छन् । सह–सचिवमा राजेन्द्र पौडेल (रिकी) र सूर्यबहादुर कार्की निर्वाचित भएका छन् । सहसचिवमा निर्वाचित पौडेलले दुई सय ७० र कार्कीले दुई सय ५६ मत प्राप्त गरे ।
प्रदेश सभा २ (ख) को सभापति पदमा खगेन्द्र लिम्बु निर्वाचित
नेपाली काँङ्ग्रेस इलामको १४औं महाधिवेशनबाट प्रदेश सभा २ (ख) को सभापति पदमा खगेन्द्र लिम्बु निर्वाचित भएका छन् । लिम्बुले १५५ मत प्राप्त गर्दै विजयी बन्दा उनका निकटतम प्रतिष्पर्दी लक्षमण राइले १४७ प्राप्त गरेका छन् । सभापति पदका लागि चारजना प्रतिपर्दीमध्ये सुभाश सुब्बाले ९९ र लक्षमण कर्किले ८८ मत प्राप्त गरे ।
त्यस्तै,उपसभापति पदमा पदम केशर लिम्बु र हरी प्रसाद कोइरालाले क्रमश: २५९ र २३५ मत प्राप्त गर्दै बिजयी बनेका हुन ।
सचिवमा धन बहादुर लिम्बु र भिम ब लिम्बुले क्रमश: १९९ र १९१ मत प्राप्त गरेर निर्वाचित भए ।
कांग्रेसः इलामको १ को ‘क’ मा मैया लिम्बु निर्वाचित
नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट इलामको निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा मैया लिम्बु निर्वाचित भएकी छिन् । उनी जिल्ला सभापतिका आकाक्षी डम्बर खड्का निकट उम्मेद्वार हुन् । लिम्बुलाई जिल्ला सभापति हिमालय कर्मचार्यको समुहले पनि सघाएको श्रोत बताउँछ ।
प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा निर्वाचित मैया लिम्बु हालै सम्पन्न प्रदेश निर्वाचन क्षेत्र इलामको एक्ली महिला सभापति हुन् । दुई प्रतिष्पर्धीलाई पछि पार्दै लिम्बु सभापतिमा निर्वाचित भएकी हुन् । लिम्बुले एक सय २३ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिष्पर्धी पुनम गुरुङ्गले एक सय ४ मत पाए । गुरुङ्ग पूर्व जिल्ला सभापति केशव थापा निकट मानिन्छन् । क्षेत्रीय सभापतिका अर्का प्रतिष्पार्धी रमेशचन्द्र सुवेदीले ८१ मत प्राप्त गरेका छन् । उनी जिल्ला सभापतिका आकाक्षी भेषराज आचार्यको समुहबाट उम्मेद्वार बनेका थिए ।
उपसभापतिमा ज्ञानबहादुर राई र मोहन कुमार गुरुङ्ग निर्वाचित भएका छन् । राईले एक सय ४४ र गुरुङ्गले एक सय २५ मत प्राप्त गरेका छन् । उपसभापतिमा बासुदेव अधिकारीले एक सय १० मत, भोला भण्डारीले ९६ मत र नीरबहादुर फागोले ७० मत प्राप्त गरेका छन् ।
सचिवमा कुसुम दाहाल र मनोज लेप्चा निर्वाचित भएका छन् । दाहालले एक सय ४५ र लेप्चाले एक सय ३९ मत प्राप्त गरेका छन् । सचिवमा पराजित बनेका तारा न्यौपानलेले एक सय १० मत, राम घिमिरेले एक सय दुई मत, बसुधा मोक्तान प्रधानले ६९ मत प्राप्त गरेकी छिन् ।
सहसचिवमा सीता घिसिङ र मखन गुरुङ्ग निर्वाचित भए । घिसिङले दुईसय ४४ र गुरुङ्गले एक सय ४७ मत पाएका छन् । सह सचिवका निकटतम प्रतिष्पर्धी कृष्णबहादुर राईले एक सय २७ मत पाए ।
कांग्रेसः इलामको १ ‘ख’ को सभापतिमा निश्कल राई
नेपाली कांग्रेस इलामको निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ को सभापतिमा निश्कल राई निर्वाचित भएका छन् । उनी जिल्ला सभापतिका आकाक्षी भेषराज आचार्य समुहबाट सभापतिमा उम्मेद्वारी दिएका थिए । राईले एक सय ६१ मत प्राप्त गरेर प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । चार प्रतिष्पर्धी मध्ये श्याम बहादुर कार्कीले ८३ मत पाए । उनी जिल्ला सभापति हिमालय कर्मचार्य निकट हुन् । क्षेत्रीय सभापतिमा मनबहादुर बस्नेतले ७३ मत पाए । बस्नेत जिल्ला सभापतिका आकाक्षी डम्बर खड्का समुहबाट चुनाबी मैदानमा उत्रिएका थिए । प्रदेशसभा निर्वाचन क्षत्रेको क्षेत्रीय सभापतिका अर्का प्रतिष्पर्धी सुवक श्रेष्ठले १४ मत प्राप्त गरेका छन् । उनी पूर्व जिल्ला सभापति केशव थापा निकटका उम्मेद्वार हुन् ।
उपसभापतिमा पहलमान थापा र सुरेन पौडेल निर्वाचित भए । थापाले दुई सय १९ मत र पौडेलले एक सय ९५ मत प्राप्त गरे । उपसभापतिका तीन प्रतिष्पर्धी मध्ये राम बहादुर कार्मीले एक सय २२ मत पाएका छन् ।
सचिवमा लोक बहादुर राई र एगा अर्याल निर्वाचित भएका छन् । राईले एक सय ९६ र अर्यालले एकसय ८५ पत पाएका छन् । सचिवका तीन प्रत्यासी मध्ये एक सय ८४ मत पाएका सूर्य राई पराजित बनेका छन् ।
सह सचिवमा हेमकुमारी चौहान र सुवास पौडेल निर्वाचित भएका छन् । चौहानले दुई सय ३० मत र पौडेलले एक सय ७० मत पाए । सहसचिवको तीन प्रतिष्पर्धी मध्ये तिलक अधिकारीले एक सय ४५ मत पाएका छन् ।