इलाम काँङ्ग्रेस अधिवेशन : सभापतिमा चौहान विजयी

  नयाँ बुलन्द
1k Shares

 

 

इलाम : नेपाली काँङ्ग्रेस इलामको १४औं महाधिवेशनबाट प्रदेश सभा २ (क) को सभापति पदमा गोपाल चौहान निर्वाचित भएका छन् ।
चौहानले २२९ मत प्राप्त गर्दै विजयी बन्दा उनका निकटतम प्रतिष्पर्दी राजेन्द्र बाँस्तोलाले १६० प्राप्त गरेका छन् ।
सभापति पदका लागि चारजना प्रतिपर्दीमध्ये श्यामकुमार श्रेष्ठले ९८ र माधव बस्नेतले ८० मत प्राप्त गरे ।

त्यस्तै,उपसभापति पदमा विष्णु सुब्बा र मनकुमार गुरुङले क्रमश: २४४ र २३५ मत प्राप्त गर्दै जीत हाँसिल गरेका छन् । उपसभापति प्रतिष्पर्दी कमलमणी खनालले १३१, सुतिता श्रेष्ठ कर्माचार्यले १२४, शिवराज घिमिरेले १११ र शोभावती खत्री कार्कीले १०३ मत प्राप्त गरे ।
सचिवमा श्री बिष्ठ र दिपेश खत्रीले क्रमश: २६७ र २२४ मत प्राप्त गरेर निर्वाचित भए । उनीहरुका प्रतिष्पर्दी गजेन सुब्बाले १४५, बिनोद न्यौपानेले १३१, मोहन पराजुली ११४ र सन्तोष राईले ८० मत प्राप्त गरे
सह सचिव पदमा राजेन्द्र पौडेल (रिकि) र सूर्यबहादुर कार्कीले क्रमश: २७० र २५६ मत प्राप्त गरेसंगै निर्वाचित भएका छन् ।
जिल्लाका अन्य तीन प्रदेश सभाबाट क्षेत्रिय कार्यसमिति चयन हुने प्रक्रियामा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार