इलाम : नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ दिनहुुँ विभिन्न कार्यक्रमको उद्घाटनमा व्यस्त रहन्छन् ।विकास निर्माणका ठुला भाषण गर्छन् । तर उनकै निर्वाचन क्षेत्रमा पुल नहुँदा एक बालिकाको विद्यालयबाट घर फर्कने क्रममा ज्यान गयो । देउमाई नगरपालिका एक की १४ बर्षीया आयुष्मा राई स्कुल नगएको एक महिना भन्दा धेरै भयो ।
गत असोज ११ गते विद्यालयबाट घर फर्कदै गर्दा बहिनीलाई खोलाले बगाएपछि कक्षा ८ मा अध्ययनरत उनलाई स्कुल जान पट्कै मन छैन ।उक्त दिन स्कूल छुट्टि भएपछि उनी सहित अन्य बालबालिका घर फर्कदै थिए ।बीच बाटोमा रहेको मैदाने खोलामा एका एक बाढी आयो ।बाढी सामान्य होला भनेर आयुष्माले भाई सहित अरु साथीलाई खोला तारिन ।तर सागरिकालाई तार्ने तरखर गर्दागर्दै खोलाले बगायो ।
उनको शवलाई स्थानीयले केही तल फेला पारे ।सोलुखुम्बु घर भइएकी उनी सानीआमाको बसेर फलाँटे माविमा कक्षा ५ मा पढ्दै थिइन् । बैदेशिक रोजगारीमा रहेकी उनकी आमाले छोरीलाई पढाउन भनेर बहिनीको घरमा राखेकी थिइन् ।यो खोलामा पुल नहुँदा जाेिखम मोलेर स्कूल जानुपर्ने बालबालिको बाध्यता छ । बर्षा हुनेवितिकै खहरे उर्लने हँुदा खतिखेर के हुन्छ कसैले पत्तो पाउँदैन । उक्त घटना पछि बालबालिका विद्यालय जानै मान्दैनन् ।
देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको सिमानामा पर्ने यो क्षेत्र निकै विकट छ ।फाकफोकथुम गाउँपालिकामा रहेको फलाँटे माविमा पुग्न देउमाई नगरपालिकाबाट धेरै विद्यार्थीले यो खोला पार गर्नुपर्छ । खोलामा पुल नहुँदा शिक्षकलाई समेत समस्या रहेकाे शिक्षक विनोद श्रेष्ठकाे भनाइ छ । घटना पश्चात स्कूलमा विद्यार्थीको उपस्थिति समेत न्यून छ ।भोलीका दिनमा यस्ता घटना हुन नदिन सरोकारवाला सबै संम्वदेनशिल बनेर खोलामा पुल बनाउन जरुरी रहेको विद्यालयको प्रअ राजेन्द्र कुमार राईकाे भनाई छ ।
नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र समेत हो यो ।घटना भएको लामो समय वितिसक्दा समेत स्थानीय निकायहरु बेखबर छन् ।सागरिकालाई खोलाले बगाएपछि कसैले पनि घटना किन भयो भनेर अध्ययन गरेनन् ।आर्थिक अवस्था कमजोर रहेको सागरिकाको परिवारले अहिले सम्म क्षतिपूर्ति पाउन सकेको छैन ।