पाँचथर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा ‘ख’ पाँचथरको क्षेत्रिय अधिवेश घुर्विसे पञ्चमीमा सम्पन्न गर्न अन्तिम तयारी भइसकेको छ ।
पार्टीका केन्द्रिय सदस्य भिष्मराज आङ्देम्बेको प्रमुख आतिथ्यमा उद्घाटन हुने उक्त अधिवेशनलाई सफल पार्न ५० स्वयंसेवक र पर्यवेक्षक खटाइएको छ । अधिवेशनमा सहभागी हुने अतिथिहरुको लागि होटल तथा खानबस्ने व्यवस्था मिलाइ सकेको साथै प्रचारप्रसार सहित कार्यक्रम परिसरलाई सजिसजाउ गरिएको क्षेत्रिय सभापति बम लावतीले जानकारी दिए ।
कार्यक्रममा पाँच सय १२ जना क्षेत्रिय प्रतिनिधि सहभागी रहने छन् । अतिथि,कार्यकर्ता र सुरक्षाकर्मी गरी करीब एक हजार जनाको उपस्थिति हुने अनुमान गरिएको उनले बताए । विशेष अतिथि महासमिति सदस्य तथा पूर्व जिल्ला सचिव सुरेन्द्र दाहाल,जिल्ला प्रतिनिधि,महिला संघ,शिक्षक संघको उपस्थिति रहने अधिवेशनमा पत्रकार र नेतागणहरुलाई समेत निमन्त्रणा गरिसकेको आयोजक समितिले जनाइएको छ ।एक संघीय,दुई प्रदेश निर्वाचन क्षेत्र,आठ स्थानीय तह र ६० वडा रहेको पाँचथरमा वडा र स्थानीय तहले काँग्रेसको नेतृत्व पाइसकेको छ । मंशीर ३ गतेको अधिवेशनबाट प्रदेश निर्वाचन क्षेत्र “क” र “ख”’ले नयाँ नेतृत्व पाउने छ भने जिल्लाको ६ गते नेतृत्व चुनिने भएपछि कार्यकर्ता उत्साही बनेका छन् । काँग्रेसको केन्द्रिय तालिका अनुसार शुक्रबार हुन गइरहेको नेपाली काँग्रेस पाँचथरको चुनावी सरगर्मी बढेसगैं जिल्लाको माहोल यतिबेला निर्वाचनमय बनेको क्षेत्रिय उपसभापति तथा प्रचारप्रसार समिति संयोजक चन्द्र कुमार आङदेम्बेले जानकरी दिए ।
अधिवेशनमा यस क्षेत्रबाट दुई जना सभापति पदका उम्मेदवारीको आकांक्षी रहेका छन् । मैया श्रेष्ठ लावती प्यानल र नगेन्द्र कुमार लामाको प्यानल बीचको प्रतिस्पर्धा हुने गरि उम्मेद्वारी सार्वाजानिक गरिएको प्रचारप्रसार समिति सहसंयोजक उदिप चेम्जोङले जानकारी दिए ।