‘रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार’ भट्टराईले पाउने

  नयाँ बुलन्द
91 Shares

इलाम : प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा स्थापित ‘रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार’  इलामका  अग्रज पत्रकार विजयशेखर भट्टराईले पाउने भएका छन् ।

नेपाल प्रेस युनियन इलाम शाखाले स्थापना गरेको पहिलो पुरस्कार भट्टराईले पाउने भएका हुन् । युनियनको इलाम शाखाको बैठकले सो निर्णय गरेको सचिव टीका खतिवडाले जानकारी दिए ।

शनिबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने उनले जानकारी दिए ।  नगद २० हजारसहित दोसल्ला र प्रमाण पत्रले पुरस्कृत गरिने नेपाल प्रेस युनियन इलाम शाखाका सचिव खतिवडाले जानकारी दिए । सो पुरस्कार पत्रकारिता क्षेत्रमा जिल्लाकै सर्वाधिक राशीको पुरस्कार हो ।

विगत २८ वर्षदेखि पत्रकारिता आवद्ध भट्टराई हाल नेपाल टेलिभिजनका जिल्ला संवाददाता एवम् नेपाल पत्रकार महासंघ इलाम शाखाको तर्फबाट केन्द्रीय परिषद सदस्य हुन् । उनी इलाम नगरपालिका ९ निवासी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार