गोपाल गौरी दिगो विकास प्रतिष्ठानद्वारा रोङका विद्यार्थीलाई पोसाक वितरण

 

इलाम : गोपाल गौरी दिगो विकास प्रतिष्ठान काठमाण्डौँद्वारा रोङ गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सोमबार पोशाक वितरण गरेको छ ।

कक्षा १ देखि ८ सम्म अध्यनरत पारिवारिक अवस्था कम्जोर भएका विद्यार्थीहरुलाई
प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष ईन्दिर गौतमले छोराहरु सरोज र मनोज गौतम पुण्यलोक भएको दिनको सम्झनामा विपन्न अभिभावकका छोरा छोरीलाई विद्यालय पोशाक प्रदान गरेकी हुन् ।
रोङ गाउँपालिकाका शंकर,चन्द्रकला, जनता र शारदा आधारभुत विद्यालयका ४४ विद्यार्थीले प्रतिष्ठानको कोशेली पोशाक पाएका थिए । पोशाक पाएर खुसी भएका विद्यार्थीले भने,‘ च्यातिएको र टालेको पोशाक फालेर अब नयाँ लगाउने ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराई, वडा नम्बर ६ का अध्यक्ष मणी कुमार स्याङवो (सुवास), प्रतिष्ठानकी अध्यक्ष गौतम र महासचिव बुद्धिराम बञ्जाडेले संयुक्त रुपमा विद्यार्थीलाई पोशाक प्रदान गरेका हुन् ।

काठमाण्डौँको टोखामा केन्द्रिय कार्यालय रहेको प्रतिष्ठानले मुलुकका विभिन्न ठाँउका विपन्न वर्गका छात्र छात्रालाई वर्र्षेनी विद्यालय पोशाक प्रदान गर्दे आएको छ । चार वर्षअघि स्थापित प्रतिष्ठानले काठमाण्डौ, मोरङ, झापा र पछिल्लो पटक इलामका विद्यार्थीलाई पोशाक प्रदान गरेको हो ।

शिक्षा, स्वास्थ्य र विपतका बेला नेपाल सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिष्ठानले एकल, असाहाय, विपन्न, आदिवासी जनजाती र दलित समुहका महिलालाई शिप सिकाएर आत्मनिर्भर बनाउदै आएको छ । झापामा मात्र प्रतिष्ठानले ४४ महिलालाई विभिन्न शिप सिकाएर स्वरोजगार बनाएको प्रतिष्ठानकी केन्द्रिय सचिव माया भण्डारीले बताइन् ।

प्रतिष्ठानकी अध्यक्ष गौतम नेपाल प्रहरीकी पूर्व कर्मचारी हुन् । उनका श्रीमान् पनि नेपाल प्रहरी मै थिए । श्रीमान् सहित तीन छोराको स्वर्गारोहण पछि वियोगमा परेकी गौतमले समाजलाई दिगो विकास दिन र वियोगमा परेकालाई उदाहरण बनेर देखाउन गोपाल गौरि दिगो विकास प्रतिष्ठान नामको संस्था संचालन गरिरहेकी छन् । गौमतका श्रीमान् गोपालको निधन भएपछि ५ वर्षको फरकमा उनले आफ्ना छोरा पनि गुमाएकी थिइन् ।

आफु संग भएको सबै सम्पती प्रतिष्ठानमा सर्मपित गरेकी गौतम पछिल्लो समय समाज सेवामा लागेकी छन् । कोरोनाका कारण मुलुक लकडाउन भएका बेला प्रतिष्ठानले झापाका करिव ३ सय परिवारलाई खाद्यन्न सामग्री प्रदान गरेको थियो भने लकडाउनले रोजगार गुमाएका परिवारलाई आर्थिक सहयोग समेत गरेको थियो ।

गाँउपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी अभिभावकहरुको समेत उपस्थितिमा गोपाल गौरि दिगो बिकास प्रतिष्ठानले पोषाक वितरण गरेको पालिकाका निमिक्त शिक्षा अधिकारी कमल आचार्यले बताए । प्रतिष्ठानकी अध्यक्ष गौतमका अनुसार स्थानीय अभिभावकको लगाव सामुदायीक विद्यालय प्रति बढोस् भन्ने उद्देश्यले विद्यार्थीहरुलाई निःशुल्क पोषाक वितरण गरिएको हो । अति न्यून आय भएका विद्यार्थीलाई पोषाक दिइएको र यसले विद्यार्थीलाई निकै राहत पुगेको जनता आधारभुत विद्यालयका प्रधानाध्यापक गंगाराम न्यौपानलेले बताए ।

कार्यक्रमका प्रमुख अतिथि पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराई, वडा नम्बर ६ का अध्यक्ष मणी कुमार स्याङवो लगायतले प्रतिष्ठान र अध्यक्ष गौतमलाई समुदायले उदाहरणका रुपमा लिएर सामाजिक जिवन र आचरणलाई परिवर्तन गर्नुपर्ने बताए । उनिहरुले भने, ‘ श्रीमान् र सबै छोराको मृत्यु पछि एउटी महिलालाई यो भन्दा ठुलो पिडा र वियोग अरु के हुन सक्छ ? जिवन रहुञ्जेल समाज प्रति देखाएको उदारता नै ईन्दिराको बास्तवीक जिवन हो ।’

कार्यक्रममा सारदा आधारभुत विद्यालयका गितामणी अधिकारी, जनता आधारभुत विद्यालयका गंगाराम न्यौपाने, चन्द्रकला आधारभुत विद्यालयका योगेन्द्र नाथ खड्का र शंकर आधारभुत विद्यालयका दधिराम आचार्यले प्रतिष्ठानको उच्च प्रसंसा गरेका थिए । सचिव माया भण्डारीले स्वागत गरेको कार्यक्रमको संचालन पालिकाका निमिक्त शिक्षा अधिकारी कमल आचार्यले गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका झापा सचिव राजेश पोख्रेल, सदस्य शुसीला न्यौपाने, निर्मला प्रधान र लिला लिम्बुको पनि सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार