नेपाल र भारतबीच सातामा ५६ उडान गर्न दिल्लीको पत्र

काठमाडौं : कोरोनाका कारण हाल दैनिक एक–एक उडानमा सीमित भएको नेपाल–भारतबीचको उडानलाई चार गुनाले बढाउन सकिनेगरी भारत सरकारले पत्राचार गरेको छ ।

तर त्यसको प्रारुप कस्तो हुने र कहिलेबाट थप उडानहरु सञ्चालन गर्ने भन्ने निर्णय हुन बाँकी छ । एअर बबल भनिने व्यवस्थाअन्तर्गत अहिले दुई देशका नागरिकहरू र अन्य देशका यात्रुको हकमा कूटनीतिज्ञहरु मात्र सहभागी हुन पाउने व्यवस्था थियो ।

साप्ताहिक दुवैतर्फबाट ५६ वटा उडान हुने भएकाले व्यावहारिक रुपमा एअर बबल हटे जस्तै हुनेछ । अहिलेसम्म दुवै देशबाट एक–एक गरी एक सातामा १४ वटा उडान भइरहेका छन् । यस्तो उडान अहिले काठमाडौं÷नयाँदिल्ली रुटमा मात्र सीमित छ ।

नेपालले भने अब मुम्बई र बैंग्लोर समेत उडान विस्तारका प्रस्ताव गर्ने भएको छ । यी रुटमा विगतमा नेपाल एयरलाइन्सले उडान गरिरहेको थियो । गत शुक्रवार दिल्लीमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले भारतीय नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य एम सिन्धियासँग एअर बबलको विषयसहित नेपाली उड्डयन क्षेत्रसँग सम्बन्धित तीनवटा कुरा उठाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार