इलाममा काँग्रेसको चुनावी माहोल तातिदैं,सामाजिक सञ्जालमा उम्मेद्धारी घोषणा गर्नेको लर्को

इलाम : नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत वडा र पालिका अधिबेशन सकिएको छ । वडा र पालिकाको अधिबेशन दशैं अघि नै सकिएपनि अन्य प्रदेश, क्षेत्र, जिल्ला र केन्द्रिय महाधिबेशन भएको छैन । पटक पटक मिति सर्दै आएको छ । तर अन्तत अब प्रदेश, क्षेत्र र जिल्लाको अधिबेशन तोकिएकै मितिमा हुने निश्चित जस्तै भएको छ । यसैक्रममा इलाममा पनि काँग्रेसको चुनावी माहौल यतिखेर निकै तात्दै गएको छ ।
काँग्रेस जिल्ला कार्य समिति इलामका अनुसार प्रदेश अधिबेशन आउँदो मंसिर ३ गते, क्षेत्रीय अधिबेशन ६ गते र जिल्ला अधिबेशन मंसिर १० गते हुने भएको छ । पार्टीका जिल्ला सचिब खगेन्द्र देवानका अनुसार अधिबेशन हुने स्थल पनि तय भइसकेको छ । अधिबेशनको मिति र स्थान तय भएसंगै उम्मेद्धारहरु यतिखेर आफनो पक्षमा मत दिनका लागि मतदाताको घरदैलोमा पुग्ने क्रम बढेको छ ।
अधिबेशनको मिति नजिकिएसंगै उम्मेद्धारहरुले सामाजिक सञ्जालमा उम्मेद्धार घोषणा गर्ने क्रम बढेको छ, भने सामाजिक सञ्जाल मार्फत पनि मत मान्ने क्रम पनि बढ्दै गएको छ । प्रदेश, क्षेत्र र जिल्ला कमिटिको बिभिन्न पदमा काँग्रेसका नेता, कार्यकर्ताहरुले समाजिक सञ्जालमै उम्मेद्धारी घोषणा गरीरहँदा प्रदेश तथा केन्द्रिय महाधिबेशन प्रतिनिधिमा पनि उम्मेद्धारी घोषणा गर्ने क्रम सामाजिक सञ्जालमै बढिरहेको छ ।
उता २ वटा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिबेशन अन्तर्गत क्षेत्रीय सभापतिका लागि जम्मा ८ जनाले उम्मेद्धारी दिने भएका छन् । क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापतिका लागि शम्सेर राई, भिष्म प्रधान, दूर्गा बरालले उम्मेद्धारी दिने लगभग पक्कापक्कि जस्तै हुँदा मिलन क्षेत्रीको नाम पनि चर्चामा आएको छ । त्यस्तै क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिका लागि नुतनदेव दुलाल, डिकेन्द्र इदिङ्गो, नरेश श्रेष्ठ र मनकुमार बुढाथोकीले उम्मेद्धार दिने बताइएकाे छ ।
यता जिल्ला अधिबेशनमा पनि सभापतिका लागि चारजनाले उम्मेद्धारी दिने भएका हुन । सभापतिका उम्मेद्धार डम्बर खड्काले पत्रकार सम्मेलन नै गरेर उम्मेद्धारी घोषणा गरेका हुन  भने, बर्तमान पार्टीका सभापति हिमालय कर्मचार्य सहित भेषराज आचार्य र केशब थापाले पनि सभापतिमा उम्मेद्धारी दिने निश्चित झै भइसकेको पार्टी श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार