बसन्तपुर-म्याङ्लुङ सडक चाडो सम्पन्न गर्न निर्माण कम्पनीलाई प्रमुख जिल्ला अधिकारी घिमिरेको निर्देशन ।

राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको बसन्तपुर– म्याङलुङ खण्डको काम जतिसक्दो चाडो सम्पन्न गर्न तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ ।

  टीआर सेनेहाङ
1.3k Shares

तेह्रथुम, कार्तिक

राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको बसन्तपुर– म्याङलुङ खण्डको काम जतिसक्दो चाडो सम्पन्न गर्न तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला विचको बैठकको आयोजना गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लामा निर्माणाधिन राष्ट्रिय गौरवका आयोजना एवं सदरमुकाम जोड्ने अन्य सहायक राजमार्गहरु तोकिएको समय भित्रमा सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई निर्देशन दिनुभएको हो ।

तोकिएको समय भित्र जिल्लामा निर्माणाधिन राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न नगरेमा कारवाही गरिने समेत प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तरगत सवै निर्माण व्यवसायीहरुले तोकिएको समय भित्र तोकिएको गुणस्तर कायम गरि महिनाको दुई पटक प्रगति प्रतिवेदन पेश गर्न प्रजिअ घिमिरेले निर्माण व्यवसायीहरुलाई निर्देशन दिनुभएको छ । ‘प्रत्येक हप्तामा सडक अनुगमन हन्छ’ उहाले भन्नुभयो ‘कामको सुस्तता भएमा कार्वाहीको प्रकृया अगाडी बढ्ने छ’। आफु तेह्रथुम जिल्ला प्रवेश गर्दा सडकको जुन सास्ती थियो, कार्यकाल सकिएर फर्किदा सुविधा सम्पन्न सडक भईसक्ने प्रजिअ घिमिरेले विश्वास ब्यक्त गर्नुभयो । यो भन्दा अगाडी प्रसाशन कार्यालयमा गरिएका निर्णयहरु लागु नभएको बताउदै प्रमुख जिल्ला अधिकारी घिमिरेले यसपटकको निर्णय र प्रतिबद्धतालाई हेलचक्राई नगर्न सुझाउनुभएको छ । निर्णयलाई वेवास्ता गर्ने निर्माण कम्पनीलाई कडा कार्वाही गरिने उहाले चेतावती दिनुभएको छ । प्रशासनको निर्देशनलाई हल्का नसम्झन उहाले आग्रह गर्नुभयो ।

राजमार्ग निर्माणका क्रममा खानेपानीको पाईप, विजुलीको पोल, तार व्यवस्थापन गर्न पनि सम्वन्धित सरोकारवालाले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । निर्माणाधिन राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्दा आई पर्ने समस्याहरुलाई सहजिकरण गर्र्ने म्याङलुङ नगरपालिकाका प्रमुख संजय कुमार तुम्वाहाङफेले प्रतिबद्धता जनाउनुभयो । समयमै काम सम्पन्न नगर्दा बर्खा याममा सडक हिलाम्मे भएर यातायातका साधन चल्न नसकेको यातायात व्यावशायीको गुनासो छ ।

मध्यपहाडि राजमार्ग म्याङलुङ बसन्तपुर सडक अन्तर्गत श्रीदले खानेपानि उपभोक्ता समिति, म्याङलुङ खानेपानि उपभोक्ता समिति र तम्फुला खानेपानि उपभोक्ता समितिले उक्त सडकखण्डमा पर्ने आ–आफना समितिका खानेपानि पाईपहरु व्यावस्थापन गर्नुपर्ने समेत निर्णय भएको छ । निमार्ण व्यावसायि र आयोजना कार्यलयले उक्त पाईप व्यावस्थापन गरे पश्चात म्याङलुङ् बजारको जिरो पोईन्ट सडक निमार्णको कार्यलाई अगाडि बढाउने भएको छ । यसका लागि पाईपको व्यावस्था पुष्पलाल मध्यपहाडि राजमार्ग आयोजनाले गर्ने र प्राविधिक सहयोग खानेपानी उपभोक्ता समितिले गर्ने जनाईएको छ ।

छलफलमा सहभागी पुष्पलाल मध्यपहाडी लोकमार्गका ईन्जिनियर मनिषमान शाक्यले म्याङलुङ–बसन्तपुर सडक खण्ड आगामी चैत्र मसान्तसम्ममा कालोपत्रे भईसक्ने बताउनुभयो । तीनै सण्डका निर्माणका व्यावशायीका प्रनिनिधीले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । सडकका अवरोधहरु हटे कामको गति बढ्ने कम्पनीका कन्ट्रयाक मेनेजर दिनेश श्रेष्ठले बताउनुभयो ।

बसन्तपुर– म्याङलुङ खण्ड अन्र्तगत जिल्लाको सदरमुकाम म्याङलुङ जोड्ने सडक दुई लेनको स्तरमा कालो पत्रे गर्नका लागि अर्थमन्त्रालयबाट २ अर्ब ७ करोड रकम बिनियोजन भएपछि खुसि भएका यहाका नागरिकहरु निर्माण ब्याबसायीको सुस्त गतिले निरास छन् ।

बसन्तपुर म्याङलुङ सडक खण्डको ३ खण्डमा विस्तारको काम भईरहेको छ । उक्त खण्ड अन्र्तगत पहिलो खण्डले कालोपत्रेका काम सुरु गरिसकेको छ भने दोश्रो र तेश्रो खण्डले अहिले सम्म सडकको ट्राक खोल्ने काम समेत नसकेको जिल्लाबासीको गुनासो छ ।

बसन्तपुर म्याङलुङ सडक खण्डको पहिलो खण्ड कालिका भभेश्वर जेबी कन्ट्रक्सनले कालोपत्रे गर्ने काम सुरु गरेको छ भने दोश्रो खण्डको लशुने–जिरिखिम्ती बगाले सडक खण्ड १० दशमलब ५ किलो मिटर आशिष आश्रय जेभी निर्माण सेवाले धमाधम सडक बिस्तार गर्ने र बेस बिछ्याउने काम गरि रहेको छ । तेस्रो खण्ड भनिएको जिरिखिम्ती बगाले—म्याङलुङ ५ किलोमिटरको सडक खण्डले भने ट्रयाक ओपन गर्ने काम समेत सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार