(तस्वीरः युद्धबहादुर बोहोरा)
इलाम /पाँचथरः राँके-रवि-भेडेटार सडक अन्तर्गत इलामको फाकफोकथुम-१,घुर्बिसे पञ्चमी बजार नजिकै सोमबार दिउँसो २ बजे सडकबाट करिब सय मिटर तल भिरमा मोटरसाइकल खसेको छ ।
प्रदेश १-०१-०१३प १६६२ नम्बरको मोटरसाइकल चालक फाकफोकथुम-१,खाम्बाङ निवासी प्रेम बहादुर बोहोरा(डेरी माइला) सकुशल रहेका छन् भने सामान्य क्षतिपुगेको मोटरसाइकल भिरबाट स्थानीय युवाहरुको सहयोगमा सडकमा निकालिएको छ ।
कार्तिक पहिलो हप्ताको अविरल वर्षाका कारण सडक छेउमा पहिरो गइ भिर बनेको हो । बाटो खराब हुँदा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको चालक बोहोराले बताए ।
यस सडकमा हाल कयौं स्थानमा खाल्डाखुल्डी बनेपछि जोखिम मोल्दै सवारी साधनहरु ओहोरदोहोर गर्न बाध्य छन् ।