फाल्गुनन्दमा बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई नगद सहयोग

पाँचथर समाज काठमाडौं र नेकपा एमाले जिल्ला कमिटी पाँचथरद्वारा प्रति व्यक्ति १०/१० हजार

  युद्धबहादुर बोहोरा
511 Shares

 

पाँचथर : फाल्गुनन्द गाउँपालिकामा बाढीपहिरोबाट ज्यान गुमाए परिवारलाई पाँचथर समाज काठमाडौं र नेकपा एमाले जिल्ला कमिटी पाँचथरले नगद प्रदान गरेको छ ।

कार्तिकको पहिलो हप्तामा परेको अविरल वर्षासंगै आएको बाढीपहिरोबाट फाल्गुनन्द वडा नम्बर ३ का फुर्वा तामाङ र युगेश तामाङ, वडा नम्बर ४ निवासी राम प्यारी चेम्जोङ र मिक्तोक चेम्जोङ गरि चार जनाले ज्यान गुमाए छन् ।

पाँचथर समाज काठमाडौं र एमाले जिल्ला कमिटी पाँचथरले छुट्टाछुट्टै कार्यक्रम गरि मृतक प्रति व्यक्ति बराबर १० हजारका दरले पीडित परिवारलाई रकम हस्तान्तरण गरेको हो ।
समाजका अध्यक्ष होम कुमार लावती,उपाध्यक्ष निर्मल रिजाल,महासचिव लक्ष्मीराज तावा,सचिव मचिन्द्र कुकेनुम्वा,कोषाध्यक्ष आसा नेम्वाङ लगायतको टोली उपस्थित रहेकोे थियो ।
यसैबीच कुम्मायक गाउँपालिका वडा नम्बर २ निवासी मृतक डम्बर कुमारी शेर्माको परिवारलाई पनि राहत स्वरुप नगद प्रदान गरिएको समाजका महासचिव तावाले जानकारी दिए ।

२०६८ सालमा निर्माण गरिएको विशुद्द सामाजिक सेवामा जुटेको यस समाजद्वारा विभिन्न दैवीप्रकोप,महामारी,पीडित परिवारलाई सहयोग गर्दै आएको छ । गतसालको कोभिड -१९ महामारीको समयमा पाँचथर जिल्लाका नागरिकलाई १३ लाख २६ हजार रुपैयाँको स्वास्थ्य सामाग्री उपलब्ध गराएको संस्थाका उपाध्यक्ष रिजालले बताए ।

त्यस्तै,एमालेद्वारा राहत हस्तान्तरणमा पूर्वमन्त्री तथा पाँचथरका संघीय साँसद बसन्त कुमार नेम्वाङ,पार्टीका केन्द्रिय सदस्य तथा पाँचथर सह-इन्चार्ज अइन्द्रसुन्दर नेम्वाङ,एमाले फाल्गुनन्द गाउँपालिका अध्यक्ष विनोद कुमार आङ्देम्वेको उपस्थितिमा पीडित परिवारलाई नगद प्रदान गरिएको थियो ।

दुखको घडीमा बाढीपहिरो पीडित परिवारलाई नगद सहयोग गर्नुहुने संस्था र एमाले जिल्ला कमिटीलाई पालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले आभार प्रकट गर्दै धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार