राई !’ सम्मेलनका प्रतिनिधिहरु, लौ पढ्नुहोस्, राईको नालीबेली !

  निनाम कुलुङ 'मंगले'
161 Shares

निनाम कुलुङ ‘मंगले’

यही कात्तिक २७, २८ २९ गते नेपालको केन्द्रीय राजधानी काठमाण्डौमा कथित् राई जातवालाहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । हालसालै जानकारीमा आएअनुसार सो सम्मेलनमा १९ देशका राई प्रतिनिधि, राईका विषय विज्ञ, राईका बुद्घिजीवी, राईका प्राज्ञहरु, राई जाति हुनैपर्छ ! भन्ने अभियन्ताहरु तथा नेपालका प्रदेशस्तर र विभिन्न जिल्ला तहका राई प्रतिनिधिहरुले पनि सो सम्मेलनमा भाग लिँदै छन् । हुन त यो सम्मेलन धेरैअघि बेलायतको राजाधानी लन्डनमा हुने तय भएको थियो । यसरी बेलायतको राजधानी लन्डनमा हुने भनिएको सो सम्मेलन किन त्यहाँ भएन ? वा गर्न नसकेर÷नचाहेर धेरै ढीला गरी नेपालमा भयो ? सोको भित्री रहस्यबारे अहिले नै केही नलेखौं होला !? त्यसो त विगत २१÷२१ वर्षदेखि नै ‘राई जातै हो र राई कदापि जात होइन !’ भनी राई जातिवालाहरु र ‘राई !’करणको मारमा परेका कुलुङ लगायत अन्य किरातीहरुबीच भित्रभित्रै बहस र छलफल भई रहेको थियो । फलतः विसं २०६८ को ११ औं राििष्ट्रय जनगणनामा ‘राई !’करणको मारमा परेका कुलुङ लगायत अन्य ११ वटा (जम्मा १२ वटा) किरातीह अलग्गै जातिका रुपमा तथ्यांकमा आएका छन् । जे होस्, अहिले आएर त यो बहस सतहमै आएको छ । त्यसमाथि अहिले हुँदै गरेको १२ औं राष्ट्रिय जनगणनामा जातको महलमा राई लेखौं, भन्ने राईहरु र जातको महलमा राई नलेखेर ‘आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो÷जेरोङ, थुलुङ, बान्तावा, बाहिङ, मेवाहाङ, याम्फु, साम्पाङ, आदि लेखौं, लेखाउँ भन्ने अभियान पनि सँगसँगै चलेको छ भने जनगणना पनि हिजोदेखि सुरु भई सकेको छ ।

यस क्रममा कतिपय अवस्था एकआपसमा अस्वथ्य प्रतिस्पर्धा र हिलो छ्यापा–छ्याप्को अवस्था पनि देखिएको छ । जस्तै ‘राई !’ जातै हो भन्ने पक्षले ‘राई !’ जात वा जाति होइन भन्ने पक्षलाई विदेशीले दिने पैसा (सजिलो भाषा बुभ्mने विदेशी डलर) खानलाई मात्रै ‘राई !’ फुटाउन लागेको भन्नेसम्मको आक्षेप लगाउने गरेका छन् । डलर, क्रोन, येन, भारु, पाउन्ड, प्रैंmक, रुबल, रेन्मिबी, दिनार, रियाल, भाट, रिंगेट, पेसो, टाका, रुपिहाः, गिल्डर, लिरा, युरो आदि विदेशी पैसा ‘राई जातै हो !’ भन्नेहरु नै ‘एक जाति राई, २८ भाषी राई !’ को नाममा चन्दा संकलन गरेर, आर्थिक सहयोग उठाएर, राईको भाषाको उत्थान गर्ने, राईको जातिगत विकास गर्ने, राई संस्कार, संस्कृति, भेषभुषा आदि जगेर्ना र प्रवर्दन गर्ने नाममा विदेशमा दुःख–जिलो गरेर बसेका किरातीहरुको रगत, पसिना बगाएर कमाएको रकमबाट गाँस काटेर पठाएको पैसाले केही बिचौलिया प्रविद्घि !का व्यक्तिहरु माोटाई रहेका छन्, यो ध्रुव–सत्य हो । तर, ‘राई जात वा जाति होइन’ भन्ने पक्ष अर्थात् ‘राईबारे वास्तविकता के हो त ? भनी तथ्य, प्रमाण, आधार, विगतमा राई भएका व्यक्तिहरु वा उनीहरुका जेठो छोरो (जेठो छोरो भन्नुको मतलब जसरी राजाको जेठो छोरो मात्रै राजा हुन पाउँथ्यो, त्यसरी नै राईको जेठो छोरो मात्रै राई हुन पाउँथे), लेखोट आदि उदाहरण दिएर लेख्ने लेखक, अभियन्ताहरु र कुलुङ जातिका अगुवा, किराती महाजातिभित्रका अन्य अभियन्ताहरुलाई विदेशीे (डलर) पैसो खाएको वा खानलाई राई फुटाएको वा राई फुटाउँन आँटेको भनी उल्टो आरोप लगाउने गरेका छन् ।

त्यसैले ‘तेस्रो राई सम्मेलन !’मा भाग लिन प्रतिनिधि भएर आउनु भएका विभिन्न १९ देशका राई ज्युहरुमा यो छोटो लेखमार्पmत मेरो विशेष अनुरोध के छ भने, हामीले (कुलुङ जातिका अगुवा र, अन्य किराती महाजातिभित्रका अन्य अभियन्ताहरुले) केकति कारणले राई जात वा जाति होइन भनेका हौं ? भन्ने बारेमा हाम्रो कुरोलाई नपत्याए तापनि विभिन्न इतिहासकार, खोज–अनुसन्धानकर्ता, विद्धान तथा लेखकहरुले लेखेको किताबको केहीी सन्दर्भ स्रोतहरु तिल उल्लेख गरेको छु । हजुरहरुले पढ्नु होला, बुभ्mनु होला भन्ने आशा लिएको छु । साथै तलको सूची पढेपछि तपाईँहरुले आ–आप्mनो धारणा पनि अवश्य नै बनाउनु होला भन्ने आशा लिएको छु । किनभने, ‘नेपाल लगायत अल्पविकशित वा भनौं कम विकशित देशहरुको भन्दा धेरै गुणाले शिक्षित, विकशित, सूचना प्रविधि र विज्ञानले फड्को मारेको, चेतना र चैतन्यको स्तर पनि अरु देशको तुलनमा बढी नै रहेको !’ देशका (१९ देश) राई ज्युहरु पनि प्रतिनिधि भएर आउनु भएको जो हुनुहुन्छ ।

राई प्रतिनिधि ज्युहरु लौ पढ्नुहोस्, ‘राई’बारेका छोटा नालीबेलीः

१, राई शब्द राजाबाट उत्पन्न भएको हो । खम्बुवानमा खोर्खा आधिपत्यपछि पृथ्वीनारायण शाहले खम्बु प्रमुखलाई दिएको राय भनिने उपाधिलाई गोर्खालीले राईमा रुपान्तरण गरे ।

–कुमार प्रधान द गोर्खा कन्क्वेष्ट्स ।

२, राय शब्द राजाको अपभ्रंश हो । राई शब्द राय शब्दकै अपभ्रंश देखिन आउँछ ।

–शिवकुमार श्रेष्ठ । लिम्बुवानको ऐतिहासिक अध्ययन ।

३, राई शब्दको प्रयोग पृथ्वीनाराण शाहले किरात प्रदेशलाई नेपालमा गाभेपछि गाउँका जान्ने सुन्ने अर्थात् टाठाबाठा व्यक्तिलाई स्थानीय प्रशासकको रुपमा जमिन्दार, तालुकदार, राई, सुब्बा पदवी दिएपछि प्रयोग हुन थालेको हो ।

–जनकलाल शर्मा हाम्रो समाज एक अध्ययन ।

४, …यहाँको सबै जग्गा केही वर्षअघिसम्म राईको किपट थियो । यहाँका किपटिया राईबाहेक अरु ठाउँबाट बस्न आएका राई हुन् वा अरु जोसुकै जातका हुन्, तिनलाई रैती भन्ने चलन थियो । किपटिया राईहरुले जग्गाको नापअनुसारको तिरो नतिरी सबैले बराबरी घरधुरीको तिरो तिर्ने चलन थियो । त्यसले गर्दा थोरै जग्गा हुने किपटियालाई मर्का परेको थियो । त्यसैले धेरैजसो राईहरु किपट खारेज गराउन खुसी थिए ।

–डोरबहादुर विष्ट । सबै जातको पूmलबारी, पाना ९ ।

५, राई शब्दको व्यापक प्रयोग सात दशक अघिदेखि भएको इतिहासले बताउँछ । नेपाली जातिबीच मौलिक, भाषिक र सांस्कृतिक मूल्य–मान्यतको लहर चलेपछि राई एउटा विभागको कठघरामा उभिन गएको छ ।

–सिएम खम्बु । राई को हुन् ?

६, किपट जग्गा चलाउने मुख्य शासकलाई ‘राई’ भनिन्थ्यो । पृथ्वीनारायण शाहले उपराजा सरहको अधिकारसहित राई पद दिएका थिए । राईको मृत्युपछि जेठा छोरा पुनः राई हुन पाउँथ्यो । अरु छोराहरु रैती हुन्थे । २०२६ सालसम्म लेखिएको सरकारी कागजपत्रमा शासकलाई राई र रैतलाई जिमी लेखेको पाइन्छ । राईले किपटमा शासन गर्दा आर्थिक कारोबार मिलाउने, अपराधीलाई कारबाही, लेखापढीको काम गर्ने सचिवलाई ‘द्घारे’ भनिन्थ्यो । राईले रैतीहरुबाट तिरो उठाएर सरकारलाई बुझाउने र ज्यान सम्बन्धी मुद्धा जाहेर गर्नु पर्दथ्यो । रैतीहरु घर लौरी उठेर, राईको खेतीपाती लगाई दिनु जानु पर्दथ्यो । जनताले जग्गाको तिरो बुझाउन जान र आउन राईलाई बाटो खर्च दिनु पर्दथ्यो ।

–भूपध्वज थोमरोस । कुलुङ सांस्कृति अध्ययन

७, खास व्यक्ति र सो व्यक्तिको परिवारले मात्र प्रयोग गर्ने यस उपाधिलाई कालान्तरमा अन्य सर्वसाधारण किरातीहरुले पनि प्रयोग गर्न थाले । अझ राणा शासकहरुले ३० मुरी माटो र  सलामीवापत सरकारलाई २६ रुपैयाँ चढाएपछि राई पदवी पाउन सक्ने व्यवस्था मिलाई दिएपछि त राई शब्दको प्रयोगले व्यापक रुप लिँदै गयो । मर्यादा र प्रभावको सूचक पद राई शब्दलाई किरातीहरुले व्यापक रुपमा अंगाल्न थाले र राणा शासनको अन्त्यतिर र त्यसपछि यसको प्रयोग झन बढ्दै जान थाल्यो । अहिलेसम्म किराती समुदायभित्र धेरैले यसलाई अंगाली सकेका छन् । अहिले राई शब्द नै किरातीको पर्यायवाची शब्द जस्तै भैदिएको छ ।

–टंकबहादुर राई  । ….

८, राईको इतिहास २५० वर्षभन्दा कम रहेको र यो सेन राजाहरुले पूर्व विजय गरेपछि किरात प्रदेशमा केही मुखियाहरुलाई ‘राय’ पदवी दिएको र त्यो पदवी नै पछि गएर ‘राई’ बन्यो । राई शब्दको प्रयोग गोर्खा अधिराज्यभर व्यापक रुपमा प्रयोग हुन थाल्यो ।

–डा. डिल्लराम दाहाल । राजधानी दैनिक २०६२ ।

९, राई जाति होइन भन्ने कुरा २३५ वर्षसम्म राई भनेर बसेकाहरु लिम्बु (जो वनेम थरका लिम्बु हुन्) जातमा परिणत हुनुले पनि स्पष्ट पार्दछ । २०६६ साल भदौ १६ गते संखुवासभा जिल्लाको सभापोखरी गानविस वडा नम्बर १, २, ३, र ४ मा बस्ने ५८ परिवारले थर परिवर्तन गरेका थिए । जसमध्ये एकजना ९० वर्षीय केसबहादुर राई पनि थिए । विसं १८३१ ताका तत्कालीन शासकले स्थानीय प्रशासन सञ्चालन गर्ने जिम्मा सहित केही लिम्बुहरुलाई (जो वनेम थरका लिम्बुहरु हुन्) राई पद दिएका थिए । पछि ती साविकको आप्mनो पहिचानमा फर्किएको भनी उनीीहरुको भनाइ छापिएको थियो ।

–अन्नपूर्ण पोस्ट २०६६ ।

१०, पृथ्वीनाराण शाहको शासनकालमा किरात भूमिलाई नेपाल राष्ट्रमा गाभेपछि राई, देवान, सुब्बा पदवीको नाममा जमिनदार, तालुकदारमा नियुक्त भएकाहरु नै कालान्तरमा जातमा रुपान्तरण हुन थाले ।

–नगेन्द्र शर्मा । नेपाली जनजीवन ।

११, किरातीहरुको संरचना ध्वस्त पारी किराती प्रमुखहरुलाई हटाएर तनीहरुको ठाउँमा राई नियुक्त गरयो । पृथ्वीनारायण शाहले किरात भूमिलाई विसं १८३१ तिर नेपाालमा गाभेपछि राई शब्दको प्रयोग भएको हो । किरात क्षेत्रमा राई, सुब्बा, मुखिया, देवान पद प्रदान गरी किरात किपट भूमको राजस्व संकलन गर्ने जिम्मेवारी दिएईको थियो ।

–राजेश गौतम, कुमार थापामगर । ट्राइबल इथ्नोग्राफी अफ नेपाल ।

यसरी समग्रमा हेर्दा राई जात वा जाति के हो ? अथवा राई जात वा जाति हो, होइन ? केही टुंगो नै नभए तापिन ! राईलाई जात वा जाति मात्रै होइन, ‘आदिवासी जनजाति’ नै मानेर नेपाल सरकारको मातहत रहेकोे ‘आदिवास जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) ऐन–२०५८ अन्तर्गत सूचीकृत गरिएको छ ।

कि आदवासी जनजाति उत्थान प्रतिष्ठान ऐन २०५८ को दफा २ (क) मा “आदिवास ÷जनजाति” भननाले आप्mनो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहचान, छ्ट्टै संरचना र लिखित वा अलखित इतिहास भएको अनुसूची बमोजिमको जाति समुदाय समझनु पर्छ ।’ भनएको छ ।

हुन पनि स्वर्गीय तेजनाराणय पञ्जियारले ऊ वेलै (प्राध्यापक सन्तबहादुर गुरुङको संयोजकत्वमा जनजाति सूची तयार पार्ने कार्यदल गठन हुँदा) राई भनिनेहरुका बारेमा समस्या आउछ, राई जात होइन भनी कुरो राख्नु भएको थियो अरे, उहाँले हामीलाई सो कुरो धेरै पटक बताई रहनु हुन्थ्यो । तर, त्यो वेलादेखि नै संख्या र भीड देखाएर राजनति गर्ने र, व्यक्तिगत फाइदा लिन चाहने केही राईवादीहरु हहावी भएको देखिन्छ । त्यस्तै किराती महाजिातभित्रका कुलुङ लगायत २२, २३, २४, २५, २६, २७, २८, २९, ३० (यति नै जाति वा भाषी भनी टुंगो नभएको राई !) किरातहरु अलगअलग जातिका रुपमा सूचीकृत हुँदा आपूmहरुलाई हुने बेफाईदा बारे बुझेकाहरुले पनि राई, राई, रा … भनेर हाहा हुहुमै राई सूचीकृङत गरे । त्यसो त स्वर्गीय डाक्टर हर्क गुरुङका अनुसार कुनै पनि जातिको जाति हुने पहिलो आधार नै उसको मातृभाषा हो । यसरी हेर्दा कुलुङ जातिको मातृभाषा भएको मात्रै होइन कि, कुलुङ जातिभित्रै विभिन्न भाषिका र उपभाषिका बोल्नेहरु पनि छन् । त्यस्तै अवस्था वा भनौं वास्तविकता जानाजान वा अञ्जानमा राईकरणको मारमा परेका बान्तावा जातिको पनि हो, चाम्लिङ जातिको पनि हो, अरु किरातीहरुको पनि हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार