इलाम : जनता समाजवादी पार्टी,नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले सोमबार बेलबारीमा पार्टीद्वारा आयोजित सभालाई सम्बोधन गर्ने भएका छन् ।
शनिबार पत्रकार सम्मेलन गर्दै बेलबारीमा हुन लागेको संगठन सुदृढिकरण तथा जनजागरण अभियान (सुज अभियान) अन्तर्गत जनजागरण तथा पार्टी प्रवेश कार्यक्रममा यादव सहितका केन्द्रिय नेता सहभागी हुने जसपा नेपाल उत्तरी क्षेत्र आर्क माेरङले जानकारी गराएको हो ।
कार्यक्रम कात्तिक २९ गते सोमबार बेलबारी १ स्थित तमु वुद्धिष्ट गुम्बामा हुने आयोजकले बताएको छ । उक्त कार्यक्रममा केन्द्रिय अध्यक्ष यादव, केन्द्रिय कार्यकारिणी सदस्य युवराज कार्की,केन्द्रिय सदस्य तथा प्रदेश नंम्बर १ का अध्यक्ष प्रविण चाम्लिङ, केन्द्रिय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जयराम यादव लगायत सहभागी हुने बताईएको छ ।
पार्टीको संगठन सुदृढिकरण गर्दै मजवुत बनाउने र आफ्ना एजेण्डाहरु जनता माझ पुर्याउने उद्देश्यका साथ कार्यक्रम आयोजना हुन लागेको आर्कका संयोजक केशरमान गुरुङले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै जसपाका केन्द्रिय सदस्य तथा शिल्पी विशेष प्रदेश समितिका अध्यक्ष दलमर्दन कामीले केन्द्र देखी स्थानीय तहसम्म पुर्ण समानुपातिक हुनु पर्ने धारणा राखेका छन् । त्यसैेगरी प्रदेश सदस्य केदार धिमालले अन्य पार्टिहरु भन्दा जसपा फरक विचार र आम जनताको मुद्धा बोकेको पार्टि भएको बताउदै यसलाई वैकल्पिक पार्टिको रुपमा निर्माण गर्ने अभियानमा रहेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा जिल्ला सदस्यहरु केशव थापामगर, मणि राई, शमशेर लिम्बू, माेरङ क्षेत्र नं. ३ का अध्यक्ष देउमान लिम्बू, समाजवादी युवा संघका प्रदेश सदस्य अमिर मगर लगायतकाे उपस्थिति रहेकाे थियाे ।