इलामको माई नगरका दर्जनौं युवा कांग्रेसमा प्रबेश

माई : इलामको माई नगरका दर्जनौं युवा कांग्रेस प्रबेश गरेका छन । माईनगरपालिका वडा न ९ र १० का उनिहरु नेकपा एमाले र नेकपा माओबादी परित्याग गरी नेपाली काँग्रेसमा प्रबेश गरेका हुन ।

१४ औं महाधिवेशनको संघारमा नेपाली काँग्रेसका युवा नेता तथा इलाम जिल्ला सभापतिका प्रत्यासी उमेद्धवार डम्बर खडकाले एक कार्यक्रमका बिच उनिहरुलाई नेपाली काँग्रेसमा प्रवेश गराएका हुन ।

नेपाली काँग्रेस माइ न पा १० का सभापति टेक बहादुर आलेको सभापतित्वमा सम्पन्न उक्त पाटी प्रबेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा क्षेत्र नं १ प्रदेश ” ख “का प्रदेश सभाका उमेद्धवार मन बहादुर बस्नेत , पुर्व क्षेत्रिय सभापति भिष्म प्रधान महाधिवेशन प्रतिनिधीका प्रत्यासी श्याम खडगी नेपाली काँग्रेस माइनगर सचिव दिवाकर सिङ लगायतले डम्बर समाल , शेर ब कटवाल नर ब कटवाल पुष्प बानीया अमृत राई लगायतका दर्जनौं नव प्रवेशीलाई खादा ओडाएर स्वागत गरेका थिए ।

नव प्रवेशीले अब देशको बिकाश र प्रजातन्त्रको रक्षा आम नागरीकको भविश्य नेपाली काँग्रेसबाट मात्र हुने निश्चित देखिएको बिगत र बतर्मान अवस्थाले देखाएकोले नेपाली काँग्रेमिा प्रवेश गरेको बताएका छन ।

नेपाली काँग्रेसको १४ औं अधिवेशनको संघारमा जिल्ला सभापतिको उमेद्धवारी घोषणा गरेका युवा नेता खडकाले केहि दिन अघि पनि माइ न पा १ लगायत माइजोगमााई गाँउपालीकाको वडा नं १ र ६ मा तीन सय बडि कार्यकताहरु नेपाली काँग्रेसमा प्रवेश गराएका थिए ।

जिल्लामा यतिबेला पाटी सभापतिका उमेदवारहरु सभापतिकाे मत मात्र गाउँगाउँमा पुगिरहेका बेला नेता खडका भने गाउँगाउमा पाटी संगठन समेत मजबुत बनाइरहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार