कृषि अनुसन्धान केन्द्र पाख्रिबास एक बहुआयमिक , बहु बाली तथा बहुबिसयक अनुसन्धानमुलक सस्था हो ।कृषि अनुसन्धान केन्द्र पाख्रिबास बि.स. २०२८ सालमा बेलायत सरकारको सहयोगमा स्थापना भएको हो ।प्रदेश न. 1 मा बसोबास गरिरहेका बेलायती सेनाबाट अबकास प्राप्त गोर्खा सैनिकहरुलाई पुनःस्थापन गराउन उनीहरुलाई कृषि तथा पशुपालन सम्बन्धि तालिम प्रदान गर्ने उदेश्यले यसको स्थापना भएको हो। बि.स. २०५५ सालमा यस केन्द्र नेपाल सरकारलाई हस्तान्तरण पश्चात् नेपाल कृषि अनुसन्धान परिशद्को छातामुनी समाबेश भएको हो ।यो केन्द्र धनकुटा जिल्लाको पाख्रिबास नगरपालिका वार्ड न. ३ मा अबस्थित रहेको छ। यो केन्द्र १,८४० रोपनी (९२ हेक्टर ) क्षेत्रमा फैलिएको छ। पाख्रिबास अनुसन्धान केन्द्रका मुख्य उदेश्यहरु :-
-उच्च मध्य तथा तल्लो पुर्बी पहाडको लागि कृषि पशु तथा कृषि वन सम्बन्धि उपयुुक्त प्रबिधि बिकास गर्ने,
-कृषि तथा पशु सम्बन्धि उन्नत खेती प्रणालीको प्रयोगबाट पुर्बी पहाडी क्षेत्रका कृषकहरुको आर्थिक स्तर उकास्ने,
-कृषकको सामाजिक आर्थिक अवस्था अध्ययान गरि कृषक सुहाउँदो उपयुुक्त प्रबिधी पहिचान तथा बिकास गर्ने,
-कृषक तथा कृषि प्राबिधिकहरुलाई तालिम प्रदान गर्ने तथा नेपाल सरकारका कृषि तथा ग्रामीण बिकास कार्यक्रम तथा सस्थाहरुलाई प्राबिधिक सहयोग प्रदान गर्ने,
– विभिन्न सरोकारवालाहरुसग समन्वय तथा सम्पर्क स्थापित गरि प्रबिधी हस्तान्तरण तथा प्रसार गर्ने,
-विभिन्न बाली तरकारीबाली, फलफूल, पशुबस्तु, अलैंची, चिया लगायत बेर्ना तथा स्रोत बिउहरु उत्पादन बिक्री वितरण गर्ने, पाख्रीबास अनुसन्धान केन्द्रका मुख्य कार्यहरु:-
-मकै, धान, गहुँ, कोदो, र दालबालिमा अनुसन्धान तथा स्रोत बीउ उत्पादन
-रायो, काउली, बन्दा, गाजर, मुला, अकबरे खुर्सानी, ब्रोकाउली, चम्सुर, आलु, प्याज, लसुन लगायत विभिन्न तरकारीबालिमा आबश्यकता अनुसार अनुसन्धान तथा स्रोत बिउ, बेर्ना उत्पादन तथा बिक्रि वितरण
– नास्पाती, आरु, किबि, अनार आदि फलफुलमा अनुसन्धान बिरुवा उत्पाद तथा बिक्री वितरण
-अलैंची, चिया तथा कफि आदि ब्याबसायिक बालिहरुमा अनुसन्धान तथा बिरुवा उत्पादन बिक्री वितरण
-पाख्रीबास कालो बङ्गुर, गिरिराज कुखुरा तथा बाख्रामा अनुसन्धान तथा उत्पादनका साथै बिक्रि वितरण
-कृषिबन प्रणालीको लागि विभिन्न डालेघास, भुईघास जडिबुटी आलङ्कारिक फुलहरु उत्पादन तथा बिक्री वितरण
– माटाे परिक्षण तथा पहिचान
– बालिरोग अनुसन्धान तथा पहिचान
– शत्रुजीव अनुसंधान तथा पहिचान
-पशुपक्षिमा लाग्ने परजिवी पहिचान
– तन्तु प्रशारण प्रबिधिको प्रयोगबाट अलैंची बिरुवा उत्पादन