थप १० लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

काठमाडौं : चीनबाट थप १० लाख ५८ हजार डोज भेरोसेल खोप आज नेपाल आइपुगेको छ । सरकारले ‘कस्ट सेयरिङ’मार्फत किनेको १० लाख ५८ हजार डोज कोभिड–१९ विरुद्धको खोप नेपाल ल्याइएको हो ।

बिहीबार बिहान चिनियाँ कार्गो विमानमार्फत उक्त खोप परिमाणको काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्था शाखाले जनाएको छ ।

यसअघि, बुधबार राति कोभ्याक्स सुविधा र स्वीट्जरल्यान्ड सरकारको सहयोगमा चार लाख ९२ हजार डोज कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार