नवराज शंकरको पुस्तक ‘दलित आन्दोलन र अनुभूति’ लोकार्पण

इलाम : तत्कालिन नेकपा एमाले नेता तथा दलित आन्दोलनका अगुवा स्वर्गीय नवराज शंकरद्वारा लिखित पुस्तक ‘दलित आन्दोलन र अनुभूति’ विहीबार लोकर्पाण गरिएको छ ।

राष्टिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३७ औं जन्मजयन्तीको अवसरमा पूर्व संविधानसभाका अध्यक्ष एवम् एमाले नेता सुवाचन्द्र नेम्बाङले लोकार्पण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्बाङले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको दावी गर्दै संविधान हटाउने कल्पना गर्न नसकिने बताए । संविधान परिवर्तन गर्न जनमत प्राप्त गरेर आउने प्रष्ट व्यवस्था भएकाले अरु विकल्पको आवश्यक्ता नरहेको बताए । ‘संविधानमा समानुपातिक समावेशीता र छुवाछुतसम्बन्धी प्रष्ट व्यवस्था भएको विषयमा पनि कार्यान्वयनमा चुनौती देखिएको छ,’ उनले भने, ‘बुिद्ध, विवेक र क्षमता चाहि संविधानले दिन नसक्ने भएकाले त्यसका लागि सरोकारवाला र नागरिक नै सचेत बन्नुपर्छ ।’

इलाम नगरपालिका नगरस्तरीय दलित समन्वय समितिले शंकरको पुस्तक प्रकाशनमा ल्याएको हो । शंकरले जीवित ररँदा गरेको योगदान र आफ्ना अनुभव समेटिएको पुस्तक १ हजार प्रति प्रकाशन गरिएको समितिका अध्यक्ष मनुकमार बराइलीले जानकारी दिए । यो पुस्तक शंकरको तेस्रो पुस्तक हो । यसअघि शंकरले ‘समाजसेवी काले दमाई’ र ‘सकरात्मक विभेदको अवधारण’ नामक पुस्तक लेखेका थिए ।

एमाले इलामका कार्यालय सचिव शंकरको कोरोना संक्रमणका कारण कारण गत २२ वैशाखमा उपचारकै क्रममा ३४ वर्षको उमेरमा निधन भएको थियो । उनी विभिन्न राजनैतिक तथा सामाजिक संघसंस्था गरी २० भन्दा बढी जिम्मेवारीमा थिए । शंकरको पत्नी र एक छोरी छन् ।

त्यसैगरी शंकरको नाममा स्थापित ‘नवराज शंकर प्रतिष्ठान’ को समेत प्रारम्भ गरिएको छ । शंकरकी पत्नी बिजु लकान्द्रीको अध्यक्षता प्रतिष्ठान स्थापना गरिएको छ । प्रतिष्ठानले शंकरले योगदान पुर्याएको सामाजिक क्षेत्रको बारेमा अध्ययन अनुसन्धान, प्रकाशन, शंकरको ब्यक्तित्व स्थापित गर्न काम गर्ने, युवाहरुलाई रचनात्मक कामको लागि उत्प्रेरित गर्ने, अक्षय कोषको स्थापना, एम्बुलेन्स सञ्चालन लगायतका काम गर्ने उदेश्य राखेको छ ।

इलाम नगरपालिका नगरस्तरीय दलित समन्वय समितिका अध्यक्ष बराइलीको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार