पाँचथर : नेकपा (एमाले) फाल्गुनन्द गाउँपालिकामा विनोद आङ्देम्बेको अध्यक्षतामा ६१ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।
सोमबार घुर्बिसे पञ्चमीमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा आङ्देम्बे,उपाध्यक्ष पूर्ण नेम्वाङ,सचिव सन्दीप बिक्रम नेम्बाङ र उप-सचिव विकास चेम्जोङ निर्वाचित भएका छन् ।
उप-सचिव महिला तर्फबाट कमिटीको पहिलो बैठकले चयन गरिने नवनिर्वाचित अध्यक्ष आङ्देम्बेले जानकारी दिए ।
एमाले केन्द्रिय सदस्य तथा पाँचथर सह-इन्चार्ज अइन्द्रसुन्दर नेम्बाङको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।