घुर्बिसेमा सम्पन्न ब्याडमिन्टन प्रतियोगिताको विजेता ‘तेह्रथुम ए ‘

  युद्धबहादुर बोहोरा
553 Shares

पाँचथरः कार्तिक २२ गतेदेखि संचालन गरिएको घुर्बिसे पञ्चमी खुल्ला नकआउट ब्याडमिन्टन प्रतियोगितामा “तेह्रथुम ए ‘ ले पहिलो पुरस्कार हात पारेको छ ।
‘फिदिम ए’ लाई फाइनल खेलमा पराजित गर्दै नगद ३० हजार रुपैयाँ र प्रमाणपत्र सहित ‘तेह्रथुम ए’ का खेलाडी नवीन सिलवाल र विवेक कन्दङ्वाले प्रथम पुरस्कार ग्रहण गरेका छन् ।


दोस्रो हुने ‘फिदिम ए’ का एसिया जवेगु र दिवस शंकरले २० हजार नगद र प्रमाणपत्र पाएका छन् भने तेस्रो स्थानमा ‘रवि ए’ का सुर्य राई र अनिल बस्नेतलाई १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । विशेष अतिथि पाँचथर जिल्ला ब्याडमिन्टन संघका सचिव तेज बहादुर तुम्बापो र आयोजक समिति अध्यक्ष चिरञ्जीवी राई (चिरन) ले खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

घुर्बिसे पञ्चमी ब्याडमिन्टन संघले शुभदिपावली तथा बलिहाङतङ्नाम २०७८ को अवसरमा आयोजना गरेको प्रतियोगिता(डबल) खेल आयोजना गर्न फाल्गुनन्द गाँउपालिकाले आर्थिक सहयोग गरेको छ ।

खेल संचालनमा भिमादेवी मेडिसिन सप्लायार्स काठमाडौंले ३० हजार,मिक्लाजुङ गाउँपालिका निवासी समाजसेवी मैया श्रेष्ठले १० हजार,घुर्बिसे पञचमीका समाजसेवी तेज बहादुर चेम्जोङ(तेजु) ले १० हजार,फाल्गुनन्द-५ निवासी समाजसेवी तिलबिक्रम चेम्जोङले १० हजार,रिजाल प्रिन्टिङ्ग प्रेस फिदिमले १० हजार र पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष दिपक नेपाल र धनसिंह नेम्वाङले १० हजार रुपैयाँ सहयोग गरेको ब्याडमिन्टन संघका सल्लाहकार राजेन्द्र भट्टराईले जानकारी दिए ।

 

 

 

त्यस्तै,अन्य प्रायोजनमा फाल्गुनन्द-५ का समाजसेवी मणिचन्द्र चेम्जोङ र सुमन चेम्जोङले पाँच हजारका दरले आर्थिक सहयोग गरेका छन् । घुर्बिसे पञ्चमी माद्यामिक विद्यालयका प्रधानध्यापक नरेन्द्र प्रसाद अधिकारीले तीन हजार,घुर्बिसे पञ्चमीमा संचालित युपारुद्ध कपडा पसल,घुर्बिसे पञ्चमी पोलिक्लिनिक,समाजसेवी भिम प्रसाद सुब्बा,एमपी चेम्जोङ र मंगल चेम्जोङले दुई हजारका दरले आर्थिक सहयोग गरेका छन् भने फाल्गुनन्द वडा नम्बर २ का अध्यक्ष बहादुरसिं नेम्वाङ र वडा नम्बर ५ का समाजसेवी गणेश चेम्जोङले एक हजारका दरले सहयोग गरेको ब्याडमिन्टन संघका सचिव पुर्ण सदेम्बाले बताए ।

इलाम,पाँचथर,तेह्रथुम र विभिन्न पालिकाका स्थानीय खेलाडी सहित ४४ टिमको सहभागीता रहेको उक्त प्रतियोगितामा राष्ट्रिय अम्पायर भामुभक्त सिटाैला,मदन सिलवाल र आर्थिक सहयोग तथा प्रायोजन गर्ने महानुभावलाई अतिथि र आयोजकको तर्फबाट कार्तिक २३ गते खेल समापनमा मायाको चिनो प्रदान गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार