मन्त्री खापुङद्वारा पाँचथर अस्पतालको निरीक्षण

  शंकर चापागाई
315 Shares

फिदिम: स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले पाँचथर अस्पतालको आइतबार निरीक्षण गरेका छन् ।

चाडपर्व मनाउन गृहजिल्ला तेह्रथुम आएका मन्त्री खापुङ काठमाडौं फर्कने क्रममा अस्पतालको निरीक्षण गरेका हुन् ।

गत असोज २० गते राति अस्पतलमा भएको तोडफोडको स्थलगत अवलोकन गर्दै क्षतिको विवरण समेत लिएका छन् ।

जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ८ घर भई फिदिम नगरपालिका २ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिना थाम्सुहाङको उपचारका क्रममा असोज २० गते बिहान अस्पतालमा निधन भएको थियो । स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको अस्पतालमा ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएका समूहले ढुङ्गामुढा गर्दा अस्पतालमा क्षति पुगेको थियो ।

अस्पतालमा रहेका कुर्सी,टेबल तथा अन्य फर्निचर,अस्पतालको आकस्मिक कक्ष,कोभिड–१९ सङ्क्रमितको उपचार हुने एचडीयू सहित अस्पतालका झ्याल ढोकाका सिसा लगायत तोडफोडपछि केही समयसम्म अस्पतालको सेवाबाट नागरिक प्रभावित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार