घुर्बिसेमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु

  युद्धबहादुर बोहोरा
364 Shares

पाँचथरः घुर्बिसेमा खुल्ला नकआउट ब्याडमिन्टन प्रतियोगिता कार्तिक २२ गतेदेखि शुरु भएको छ । शुभदिपावली तथा बलिहाङतङ्नाम २०७८ को अवसरमा आयोजित प्रतियोगिता(डबल) फाल्गुनन्द गाँउपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले उद्घाटन गरे ।

घुर्बिसे पञ्चमी ब्याडमिन्टन संघको आयोजना र गाँउपालिकाको आर्थिक सहयोगमा शुरु भएको प्रतियोगितामा इलाम,पाँचथर,तेह्रथुम र विभिन्न पालिकाका स्थानीय खेलाडी सहभागी छन् । उद्घाटनको पहिलो खेलमा पात्लेभञ्ज्याङ इम्बुङले आयोजक ए लाई चार अंकले पराजित गर्दै दोस्रो चरणको खेलमा प्रवेश गरेको छ ।

४४ टिमको सहभागीता रहेको उक्त प्रतियोगिताका विजेतालाई ३० हजार, उपविजेतालाई २० हजार र तेस्रो हुने खेलाडीलाई १० हजार रुपैंया पुरस्कार प्रदान गरिने आयोजक ब्याडमिन्टन संघका अध्यक्ष चिरञ्जीवी राई (चिरन) ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार