फाकफोकथुमका पाँच वर्षिय दिपशन राईको उपचारका लागि आर्थिक सहयोगको अपिल

  युद्धबहादुर बोहोरा  849 पटक हेरिएको

 

इलाम : फाकफाेकथुम गाउँपालिका वडा नम्बर १ का दिपशन राईको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

साविक आम्चाेक ७ निवासी देउप्रसाद राईको कक्षा १ मा अध्ययनरत पाँच वर्षिय छोरा कार्तिक १४ गते विहान ९:३० बजे विद्यालय जाने क्रममा छिमेकीको घरमा छुर्पी पकाउँदै गरेको तातो पानीमा डुवेर गम्भीर घाइते भएको पारिवारिक श्रोतले जनाएको छ । बालककाे उपचार गर्न इलाम अस्पताल लगिएपछि अन्यत्र रेफर गरेको थियो ।
हाल उनको बिराटनगर म्यास इन्टरनेशनल हस्पिटलको आइसियु कक्षमा उपचार भइरहेको छ । उनको उपचार गर्न दैनिक ५० हजार भन्दा बढी खर्च भइरहेको र अस्पतालले करिब १० लाख खर्च हुने बताएको छ । पीडित बालकले अध्यन गर्दै गरेको छाँयादेवी माद्यामिक बिद्यालय लुङ्सुङ्दानङले २२ हजार नगद रुपैयाँ प्रदान गरेको छ । त्यसैगरी,चलचित्र कलाकारकर्मी रितेश जंग पौडेल खत्रीको परिवारबाट २० हजार नगद रुपैयाँ उपलब्ध गराएको बालककी आमा टीका याङ्देम्बा नेम्बाङले जानकारी दिइन् । सामाजिक अभियान्तको रूपमा सकृय काम गरिरहेका खत्रीले आफ्नोतर्फबाट पनि बालकको उपचार खर्च जुटाउन पहल गरिरहेको जानकारी दिए ।

आर्थिक अवस्था अत्यन्तै कम्जाेर भएका परिवारलाई छोराको उपचार गर्न कठिन भएकोले फाकफोकथुम घर भइ हाल दक्षिण कोरियामा कार्यरत बिरेन्द्र पौडेल र सुरेश कार्कीको अगुवाई आर्थिक सहयोग जुटाउन शुरु गरिएको छ ।

इच्छुक महानुभावले 01096736715 मा सम्पर्क गरि
विज्ञान पौडेलको नाममा दक्षिण काेरियाको NH Bank खाता नम्बर 3521391476153 मा र नेपालकाे लागि देउप्रसाद राईको मोबाइल नम्बर ९८६१९९१९३९ मा सम्पर्क गरि सानिमा बैंकको खाता नम्बर ००६०११०६०००१७५८ रकम जम्मा गरि सहयोग गरिदिन आग्रह गरिएको संकलनकर्ता कार्कीले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार