पाँचथरको मिक्लाजुङमा भोकमारी

फिदिम । पहिरोले तहसनहश बनेको पाँचथरको मिक्लाजुङ गाँउपालिका ७ स्थित लेकगाँउमा भोकमारी सुरु भएको छ । बाढीपहिरोबाट विस्थापित सहति गाँउका करिब एक सय २६ घरले भोकमरिको सामना गर्नुपरेको हो ।

पहिरोले सडक अबरुद्ध भएपछि खाद्यसामग्री आपुर्ति हुन नसक्दा भोकमरीको सामना गर्नुपरेको स्थानीयको भनाई छ । ‘दशैंको अत्यदेखि गाँउमा खाद्यसामग्री आपुर्ति हुन सकेको छैन,’ स्थानीय सञ्जय राईले भने ‘बाढीपहिरोबाट विस्थापितहरुको झन बिजोग भएको छ ।’ गत कात्तिक २ गतेको पहिरोले यो गाँउमा यातायात पूर्ण रुपमा ठप्प छ । लामो समयसम्म यातायात ठप्प हुदाँ गाँउमा खाद्यसंकट सुरु भएको हो ।

झापाको दमकबाट कन्याटर र बुधबारेको बाटो हुँदै यो गाँउसम्म खाद्यान्न ल्याउने गरिन्थ्यो । रबि राँके भेडेटार सडक पनि अबरुद्ध भएपछि गाँउसम्म खाद्यसामग्री पु¥याउन समस्या छ । ‘हामीले दशैँ पनि राम्ररी मनाउन पाएनौ,’ पहिरो पीडित बिराज राईले भने ‘तिहार त राम्रो होला भन्ने लागेको थियो, तिहारमा त झन भोकमरीको सामना गर्नुप¥यो ।’

यो गाँउका २० घर मानिसहरु पहिरोबाट बिस्थापित भएका छन् । उनीहरुलाई सरकारले राहतसम्म उपलब्ध नगराएको गुनासो छ । बिस्थापीतहरु पाल टाँगेर बसेका छन् । बिस्थापित सहति गाँउका करिब छ सय ६४ जना मानिहरुले भोकमारिको सामना गर्नुपरेको हो ।

दमकदेखि कन्याटारसम्म यातायात सञ्चालन भएको र कन्याटारदेखि लेखगाँउसम्मको बाटो सञ्चालन हुन नसक्दा गाँउमा भोकमरी सुरु भएको हो । ‘सडकको पहिरो पन्छाउन ढिलाइ गर्दा गाँउमा भोकमरी सुरु भएको हो,’ सञ्जयले भने ‘गाँउका सबै पसलहरुमा खाद्यसामग्री सकिएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार