इलाम : जसुदा स्मृति पुरस्कारबाट इलामका अग्रज पत्रकार सोमनाथ सुसेली सम्मानित भएका छन । सो पुरस्कार कवि तथा पत्रकार जसुदा खाकीको स्मृतिमा उनका पति वरिष्ठ पत्रकार पुष्पराज प्रधान सहितका परिवारलले स्थापना गरेका हुन ।
पत्रकार सुसेलीलाई ११३ औं महाकवी लक्ष्मिप्रसाद देवकोटाको जन्मजयन्ती तथा बुद्धिप्रसाद घिमिरे स्मृति दिवसको अवसरमा साहित्यक कला तथा संगित प्रतिष्ठान इलामले आयोजना गरेको कार्यक्रममा भानु प्रतिमा संरक्षण तथा साहित्य संवद्र्धन समितिले सम्मान गरेको हो ।
सो कार्यक्रमको संयोजन बुद्धिप्रसाद घिमिरे प्रतिष्ठान इलाम र भानु प्रतिमा संरक्षण तथा साहित्य संवद्र्धनले गरेको थियो । जसुदा खाकीका स्मृतिमा भानु प्रतिमा संरक्षण तथा साहित्य संवद्र्धन समिति इलामद्वारा स्थापित सो पुरस्कारबाट यसअघि बालिका थपलिया र अन्वेश थुलुङ सम्मानित भइसकेका छन ।
पत्रकार सुसेलीलाई नगद एघार हजार रुपैंयाँ सहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरीएको थियो । उनलाई जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, इलाम नगरपालिकाका मेयर महेश बस्नेतले सम्मान पत्र प्रदान गरेका थिए ।
को हुन पत्रकार सुसेली ?
नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व सभापति एवं पत्रकार महासंघ प्रदेश नम्बर १ का पूर्व उपाध्यक्ष समेत रहेका पत्रकार सुसेलीले २०४७ सालमा झापाबाट प्रकाशित पत्रिका ‘साप्ताहिक विचार’बाट पत्रकारिता सुरुवात गरेका थिए । पत्रकार सुसेलीले गोरखापत्र दैनिक, एभिन्यूज टेलिभिजन, इमेज टेलिभिजन र न्युज ट्वान्टी फोर टेलिभिजनसमेत इलाम संवाददाताका रुपमा काम गरिसकेका छन ।
सुसेली हाल रेडियो नेपालवाणी एफएमका स्टेशन म्यानेजर र इलाम एक्सप्रेस दैनिकका प्रधान सम्पादक हुन ।
हरेक बर्ष असार २९ गते भानु जयन्तीका दिन प्रदान गरीदै आएको उक्त पुरस्कार कोरोना महामारीका कारण बितरण हुन सकेको थिएन । त्यसैले उक्त पुरस्कार तिहारमा महाकवि लक्ष्मिप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर बितरण गरीएको हो ।
कार्यक्रममा जसुदा स्मृति पुरस्कारको बारेमा भानु प्रतिमा संरक्षण तथा साहित्य संवद्र्धन समितिका अध्यक्ष बिमल बैद्य, इलामका नेपाली भाषा तथा साहित्यमा बुद्धिप्रसाद घिमिरेले पुरयाएको योगदानको बारेमा इन्द्रनारायण सुवेदी महाकवि देवकोटाले नेपाली साहित्यमा पुरयाएको योगदानको बारेमा अमर मावि बरबोटेका प्रधानाध्यापक सोम निरौलाले प्रस्टयाएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का, प्राज्ञ कोमल निरौला लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा सम्मानित पत्रकार सुसेलीले सामाजिक सञ्जाल लगायतमा आउने गरेका गलत समाचारहरुका कारण बास्तविक पत्रकारीता गरीरहनेलाई असर पुरयाएको बताउँदै त्यसका लागि समाजले नै खबरदारी गर्नुपर्नेमा जोड दिए। भ्रामक र गलत समाचारहरु सामाजिक सञ्जालनमा हालेर आतङ्कित बनाउनेलाई नियमनकारी निकायले चासोको रुपमा लिएर कार्वाही प्रकृया अघि बढाउन सम्मानित पत्रकार सुसेलीले जोड दिए ।